गल्कोट २०७६ साउन २५ । गल्कोट नगरपालिका-५ हरिचौरमा वर्षे नाँच सुरु गरिने भएको छ । परम्परादेखी हरिचौर व्यवस्थापन समितिको तत्वावधानमा वर्षेनी बर्षे नाँच प्रदर्शन गरिदै आएको छ ।
हरिचौर बजार व्यवस्थपन समितिका अध्यक्ष रन बहादुर खत्रीको अध्यक्षतामा हिँजो साउन २४ गते बसेको समितिको बैठकले वर्षे नाँच प्रदर्शन गर्ने निर्णय गरेको समितिका उपाध्यक्ष दिनेश खत्रीले जानकारी दिए ।
उपाध्यक्ष खत्रीका अनुसार आगामी साउन ३० गते जनै पूर्णिमाको दिन देखी कृष्ण जन्माष्टमिका दिन वर्षे नाँच समापन गरिने छ ।
वर्षे नाँचाहरुमा साउन ३० गते लाखे नाँच ३१ गते गाईजात्रा, भदौ १ गते लाखेनाँच, २ गते जोगी नाँच, ३ गते घोँडेजात्रा, ४ गते बाघनाँच, ५ गते रोपाई नाँच, ६ गते रथ जात्रा र ७ गते रथ सेलाउने कार्यक्रम रहेको छ ।
वर्षे नाँच भव्य र सभ्य रुपमा सन्चालन गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।