Sorry, that menu does not exist.
 

सत्यवती गाउपालिकाका पहिरो पीडितलाई गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाव्दारा आर्थिक सहयोग !

कौरव खत्री, गुल्मी २०७६ साउन २६ । गुल्मी सत्यवीि गाउँपालिकाका पहिरो पीडतिहरुको लागि सहयोग जुट्न क्रम जारी रहेको छ । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाद्धारा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

शनिवार सत्यवती गाँउपालिका वडा नं. ४ लिम्घाका पहिरो पीडतिहरुको लागि गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाद्धारा उठाइएको नगद रु २ लाख,२९ हजार नगद आर्थिक विपि फाउण्डेसल प्रदेश नं. ५ का सह संयोजक तथा महिला अधिकारकर्मी बिष्णुकुमारी सापकोटाद्धारा सत्यवती गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई रकम हस्तान्तरण गिरएकाे थियाे ।

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले सत्यवति गाँउपालिकाका पहिरो पिडतिहरुको सहयोगार्थको लागि अष्ट्रेलियाका विभिन्न स्थानहरुमा सहयोग संकलन अभियान मार्फत उक्क्त रकम संकलन गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए ।

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सल्लाहकार समितिका सदस्य भिमलाल सापकोटा मार्फत पहिरो पिडितका रकम पठाइएको थियो ।

नेपालका विभिन्न स्थानबाट रोजगारीको शिलशिलामा हाल अष्ट्रेलियामा रहेका नेपालीहरुबाट उक्क्त संस्था मार्फत संकलन गरिएको नगद विपि फाउण्डेसल प्रदेश नं. ५ का सह संयोजक तथा महिला अधिकारकर्मी बिष्णुकुमारी सापकोटाले गाउँपालिकालाई प्रदान गरेकी हुन ।

उक्क्त राहत रकम हस्तान्तरण कार्यक्रम सत्यवति गाँउपालिका वडा नं. ४ लिम्घाका वडाअध्यक्ष दान बहादुर रानाको अध्यक्षता तथा विपि फाउण्डेसल प्रदेश नं. ५ का सह– संयोजक बिष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्यता रहेको नेपाली काँग्रेस महिला विभाग सदस्य सचिव सरिता पन्थी, महिला विभाग सदस्य कमला पन्थी, महिला विभाग सदस्य बसन्ती पन्थी,नेपाल महिला संघ रेसुङ्गा नगर कार्यसमितिका सभापति सिता पाण्डे,नेपाल महिला संघकी क्षत्रीय सदस्य सिता आचार्य, नेपाल महिला संघ रेसुङ्गा नगरपालिका वडा नं. ८ का वडा सभापति जमुना न्यौपाने,गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट मकाउशाखाका प्रतिनिधि लक्ष्मी ज्ञवाली,सत्यवति गाउँपालिका नेकपाका अध्यक्ष ठगप्रसाद ज्ञवाली,नेपाली काँग्रेस सत्यवति गाँउपालिका वडा नं. ४ का वडा सभापति गंगा बहादुर शाही, लगायत समाजसेवीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन भने पत्रकार कौरव खत्रीले गरेका थिए ।

जीपी पाउण्डेशनद्धारा ३ लाख बराबरको जस्तापाता हस्तान्तरण

गुल्मी सत्यवती गाउपालिकाका पहिरो पीडितका लागि .गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट मकाउ शाखाद्धार जस्तापाता हस्तान्तरण गरिएको छ ।

शनिवार सत्यवती गाँउपालिका वडा नं ४ लिम्घाका पहिरो पीडितहरुका लागि राहत स्वरुप ३ लाख बराबरको २९ बन्डल जस्तापाता विपि फाउण्डेसल प्रदेश नं. ५ का सह–संयोजक बिष्णुकुमारी सापकोटाद्धारा सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाल र वडा अध्यक्ष दान बहादुर रानालाई जस्तापाता हस्तान्तरण गरेकी हुन ।

जस्तापाता हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस महिला विभाग सदस्य सचिव सरिता पन्थी, महिला विभाग सदस्य कमला पन्थी, महिला विभाग सदस्य बसन्ती पन्थी,नेपाल महिला संघ रेसुङ्गा नगरकार्य समितिका सभापति सिता पाण्डे,नेपाल महिला संघकी क्षत्रीय सदस्य सिता आचार्य, नेपाल महिला सघ रेसुङ्गा नगरपालिका वडा नं. ८ की सभापति जमुना न्यौपाने,गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट मकाउशाखकी प्रतिनिधि लक्ष्मी ज्ञवाली,सत्यवति गाउँपालिका नेकपाका अध्यक्ष ठगप्रसाद ज्ञवाली,नेपाली काँग्रेस सत्यवति गाँउपालिका वडा नं. ४ का वडा सभापति गंगा बहादुर शाही लगायतको विशेष आतिथ्यता रहेको थियो । भने कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी कौरव खत्रीले गरेका थिए ।

साथै सोही अवसरमा नेपाल महिला संघ रेसुङ्गा नगरकार्य समिति र नेपाली काँग्रेस महिला विभागले संयुक्त रुपमा नगद रु.१० हजार रकम गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाल र वडा अध्यक्ष दान बहादुर रानालाई जस्तापाता हस्तान्तरण गरेका थिए ।

यसैवीच शनिवार नै ललितपुर पुलचोक इन्जिनियरिङ क्याम्पसका उपप्रध्यापक तथा समाजसेवी हरि दर्लामीको सक्रियतामा सत्यवति गाँउपालिका वडा नं. ३ ठूललुम्पेकका पहिरो पिडितहरुका लागि कारिटास सुजरल्याण्डबाट ५ थान टेन्ट,सिलपाउलिन २२ थान,टरपाउलिन ११ थान,रचिार्जलेवल लालटिन ८० थान गरि करिव ८लाख,५० हजार मूल्य बरावरको सामाग्री समाजसेवी हरि दर्लामीको टोलीद्धारा सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण गरेका थिए ।

साथै मगर इन्जिनियरर्स आकिटेक्स र गुल्मीको रिमुवादेखि हाल काठमाण्डौमा बस्दै आएका रिमुवाबासीहरु तथा शुभचिन्तकबाट संकलन गरिएको रकम ३लाख,५हजारको नगद चेक समाजसेवी हरि दर्लामीको टोलीद्धारा सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण समेत गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply