Sorry, that menu does not exist.
 

आजको तस्वीर : बागलुङ बजारमा बोलवम काँवर यात्रा !

रामप्रसाद घिमिरे, बागलुङ २०७६ साउन २७ । बागलुङ बजारमा बन्द व्यापार लगायत विभिन्न रोजगारीकालागी आएका मधेशी मुलका हिन्दु धर्मावलम्वी नेपालीहरुले बिगत केहि वर्ष देखी साउन महिनाको अन्तिम सोमबार बोलवम काँवर यात्रा गर्दै आएका छन् । प्रारम्भमा मधेशी मुलका नेपाली दाजुभाई दिदी बहिनीहरुले मात्र यस उत्सवमा सहभागिता जनाउदै आएपनि पछिल्लो समय स्थानीय महिला पुरुषहरुको उल्लेख्य सहभागिता बढ्दै गएपछी मधेशी र पहाडी बीच एकात्मकता बढ्दै गएको छ ।

प्रत्यक वर्ष साउन महिनाको पछिल्लो सोमबार मनाईँदै आएको बोलबम काँवर यात्रामा आज विहानै बागलुङ नगरपालिका ३ हल्लन चोकमा भेला भएर सयौं नरनारीहरुले भगुवा बस्त्र धारण गरी पैदल कालीगण्डकी पुगेर स्नान गरी बानपा-४ उपल्लाचौर स्थित गौरीधाम शिवमन्दिरमा पुगेर भगवान महादेवको पूजा अराधना गरी बोलबम काँवर यात्रा सम्पन्न गरिएको छ । यसै क्रममा हिँजो विहान मोटरसाईकल यात्रा गरिएको थियो ।


तस्वीर- प्राप्तिका थिङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments

Leave a Reply