रामप्रसाद घिमिरे, बागलुङ २०७६ साउन २८ । जिल्ला प्रहरी कार्यालय बागलुङले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने लक्ष्यका साथ आजदेखि शुभारम्भ गरेको दुर्व्यसनी विरुद्ध आमासंग प्रहरी कार्यक्रमको प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले स्थानीय ब्राउण्ड आईज पार्टी प्यालेसमा आयोजित भव्य समारोहका बीच उद्घाटन गरेका छन् । झण्डै हजार आमाहरुको सहभागितामा आज सम्पन्न कार्यक्रम अहिले सम्मकै भव्य र शानदार मानिएको छ । यस अघि आदर्श सन्चार सहकारी संस्थाले दुर्व्यसन बिरुद्ध आमाहरुलाई सजग गराउन श्रृंखलाबद्ध अभियान सन्चालन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा आएदेखी नै जिल्लाबाट लागु औषध दुर्व्यसन निर्मुल पार्ने अभियानमा सक्रिय प्रहरी उपरीक्षक नवराज भट्टको पहलमा आज आयोजित दुर्व्यसनी विरुद्ध आमासंग प्रहरी कार्यक्रमको समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । दुर्व्यसन विरुद्धको प्रहरी अभियानलाई सफलपार्न कार्यक्रममा सहभागी आमाहरुको योगदान महत्वपूर्ण रहने र कार्यक्रमको प्रभावकारिता आमाहरुको सक्रियतामा निर्भर रहने कुरामा दुईमत हुन सक्तैन ।
कार्यक्रममा प्रमुख अतिथी प्रजिअ क्षत्री, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्ट, बानपा ३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटा, पत्रकार रामबहादुर जीसी लगायतले लागु औषध विरुद्धको प्रहरीे अभियानमा सबैले सहयोग दिन आग्रह गरेका थिए ।
कार्यक्रममा प्रनाउ झबिन्द्र प्रसाद भट्टराई, बानपा १ देखि १० सम्मका वडा अध्यक्षहरु, अन्य प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका गुठी र रामरेखाका पदाधिकारीहरु, बिभिन्न आमा समुहका अध्यक्ष एवम् प्रतिनिधिहरु, बिभिन्न युवा क्लव तथा नागरिक मञ्चरनागरिक समाजका प्रतिनिधिहरु, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा आदर्श सञ्चार सहकारीले लागु औषध दुर्व्यसनीको परीक्षण गर्ने २० वटा किट प्रहरीलाई हस्तान्तरण गरेको थियो ।
आवरण तस्वीर- अर्जुन ढकाल ।
लागु औषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने प्रहरी अभियानमा आमाहरुको भूमिका महत्वपूर्ण !
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०
One Comment