Sorry, that menu does not exist.
 

भदौ १ गते सम्म आफ्ना मागहरुको सुनुवाई नभए चरणवद्ध आन्दोलन गर्ने कर्मचारीको चेतावनी !

निर्मल पौडेल पर्वत २०७६ साउन २९ । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड १० मेगावाट तल्लो मोदी १ जलविधुत परियोजनाका कर्मचारीहरुले भदौ १ गते सम्म आफ्ना मागहरुको सुनुवाई नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कर्मचारीहरुले विविध ६ वुँदे मागहरु राखी यसभन्दा अगाडि नै लिमिटेडका सम्वन्धित ठाउँमा ज्ञापनपत्र वुझाए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । नेपाल सरकारले विगत ४ वर्ष यता ४५ प्रतिशत तलव वृद्धि र महङ्गी हुँदा जम्मा ५ प्रतिशत वृद्धिले यस आयोजनामा कार्यरत कर्माचारीहरुले सामान्य किसिमले गृहस्ती चलाउन पनि हम्मेहम्मे भएकोले तलव वृद्धिको माग गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

आफ्नो योग्यता र क्षमताले भ्याएसम्म दिनरात निस्वार्थ भावले आँफूहरुले समयको कुनै सीमा नराखीकन सेवा गरिरहेको भन्दै यही आर्थिक वर्ष २०७६—०७७ देखी सेवा सुविधामा वृद्धि गर्न अनुरोध गरेका हुन् । कर्माचारीहरुले न्यूनतम पारिश्रमिक ४० प्रतिशले वृद्धि हुनुपर्ने, खाईपाई आएको भत्तामा १०० प्रतिशतले वृद्धि गर्नुपर्ने, मासिक रुपमा यातायात वा इन्धन खर्च रु १ हजार हुनुपर्ने औषधी उपचार खर्च दुर्घटना वाहेक वार्षिक ५० हजार प्रती कर्मचारीलाई उपलव्ध गराउनुपर्ने यस्तै मासिक रुपमा २ दिन विदा दिनुपर्ने र एप्रोन वाहेक वार्षिक पोशाक भत्ता रु १० हजार पाउनुपर्ने लगायतका माग राखेका छन् ।

गत साउन २३ गते भुवन वहादुर अधिकारी नारायण प्रसाद पोख्रेल झलक उपाध्याय लगायतका २६ जना कर्माचारीहरुको वैठकले उक्त मागहरु राख्ने निर्णय गरेको थियो । युनाईटेड मोदी पावर हाउस साईट अफिस, जिल्ला प्रशासन कार्यलय पर्वत, जिल्ला प्रहरी कार्यलय पर्वत, कुस्मा नगरपालिकाको कार्यलय कुस्मा पर्वत, जिल्ला समन्वय समिती पर्वत, मोदी गाउपालिकाको कार्यलय र देउपुर डिमुवा प्रहरी चौकीमा समेत अवगत गराएको एक कर्मचारीले जानकारी दिए । आफ्ना मागहरु तत्काल पुरा नगरे कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । ्

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply