Sorry, that menu does not exist.
 

ग्रामिण महिला उत्थान केन्द्र बडीगाड ३ सिसाखानीमा नयाँ कार्य समिति गठन !

हेम विश्कर्मा बडीगाड २०७६ साउन ३० । महिला वर्गको सशक्तीकरणका लागि बडीगाड गाउँपालिका ३ सिसाखानीमा एक समिति गठन गरिएको छ ।

ग्रामिण महिला उत्थान केन्द्र सिसाखानीको हिँजोको भेलाले ललिता रानाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन गरेको गरिएको हो । जसको उपाध्यक्षमा दिलमाया थापा, सचिवमा खगि राना, सहसचिवमा यलिसा राना, कोषाध्यक्षमा रञ्जु श्रीसका रहेका छन् । सोही भेलाले पर्मिला श्रीसको संयोजक्त्वमा ५ सदस्य सल्लाहाकार समिति समेत गठन गरिएको छ ।

अहिलेपनि गाउँ समाजमा पितृसतात्मक सोच, पुरुषत्वको अहंकारपूर्ण व्यवहारका कारण महिलाहरु विभिन्न प्रकारका विभेद तथा हिंसाबाट पीडित रहेकाले त्यसका बिरुद्ध डटेर आवाज उठाउँने उनिहरुले बताएका छन् ।

राज्य संचालनमा महिलाहरुको अधिकार सुनिश्चित गर्ने क्रममा देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रिय, भाषिक, धार्मिक, लैंगिक विभेद अन्त्य गरि आर्थिक समानता, समृदि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशि र सहभागीतामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पका साथ नेपालको संविधान २०७२ सालमा जारी भएको थियो ।

जनता आफैले आफ्ना लागि संविधान बनाउने सपना २०७२ सालमा पुरा भएको हो । नेपालको संबैधानक इतिहासमा पहिलो पटक जनतालाई सार्वभौम रुपमा स्वीकारी जनता आफैले बनाएको परिवर्तनमुखी संविधान तर्जुमा भई कार्यान्वयनमा आएको छ ।

समग्रमा महिलाका लागि विशेष व्यवस्था समावेश गरि अस्तित्वमा आएको यस संविधनले परिवर्तनका मुद्दाहरु संस्थागत गराउन आवश्यक पहल गर्नुपर्ने देखिन्छ । संविधान राम्रो बन्नु मात्र सबैथोक होइन, कार्यान्वयनमा नै संविधानको सफलता निर्भर रहन्छ । तसर्थ संविधानलाई व्यवहारमा उतार्नु अपरिहार्य छ । जसले गर्दा महिलाको अधिकार सुनिश्चित हुन सकोस् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply