Sorry, that menu does not exist.
 

व्यंग्य कविता : फोहोरी ती जनै लाउदा चाइनिज लुतो आउला … !

अर्जुन राज पन्त

शिरमा लाउने टोपी देखि पाउका जुत्ता सब
जनै समेत चाइनाबाट आउन लग्यो अब !

हरमा लाउने एउटै चिज त्यो नेपाली पन भा को
हरे कठै त्यहि जनैपनि चाइना बाटै आ’को !

न त धोएको, न मन्तरेको, न गरेको केहि
पसलबाट किनी लाउदा आज जनै त्यहि !

सजिलो र सस्तो खोज्दा अर्को दण्ड पाउला
फोहोरी ती जनै लाउदा चाइनिज लुतो आउला !

के चाँही बिक्छ नेपालमा अध्ययन गरी गरी
पठाएकै छ चाइनिज सामान उसले बजार भरी !

शराद लाउला तिथि आउला पण्डित कहा पाउला
गराइ दिन्छु शराद भन्दै चाइनिज पण्डित आउला !

अरु भन्दा सस्तो छिटो गराई दिन्छु भनि
आउन मात्रै बाँकी रह्यो चाइनिज पण्डित बनि !

संस्कृतका ती मन्त्रलाइ चाइनिजमा ढाली
अरु सबै भरि त्यहा छाडी नाम खाली !

मन्त्र भरेका मोबाइल बोकी पण्डित जस्तै गरी
आउने भए चाइनिज पण्डित अब बजार भरी !

जनै उसको चल्ने भएसी चलाउ पण्डित पनि
छिटै गर्ला श्राद्धपनि च्याङ्गच्याङ्ग, चुङ्गचुङ्ग भनि !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply