बागलुङ २०७६ साउन ३० । पवित्रता, शान्ति, स्नेहको प्रतिक रक्षा वन्धनको पावन अवसरमा ब्रह्माकुमारी राजयोग केन्द्र (ओमशान्ति) बागलुङमा रक्षा बन्धन विशेष कार्यक्रम ‘रक्षावन्धन महोत्सव’ सम्पन्न भएको छ ।
ब्रह्माकुमारी राजयोगिनी एवं क्षेत्रीय प्रमुख सावित्री दिदीको अध्यक्षतामा भएको रक्षाबन्धन कार्यक्रमको प्रमुख अतिथी एवं बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल एवं मान्यवर अतिथीहरुबाट सामुहिकरुपमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो भने नगरप्रमुख पौडेल रक्षाबन्धन राखीको प्याकेट खोलेका थिए ।
सो पावन अवसरमा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्ट लगायत धौलागिरी बहुमुखी क्याम्पसका प्रतिनिधी, विभिन्न सरकारी निकायका प्रमुखहरु, विद्यार्थी, समाजेसेवी, सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेका थियो ।
सहभागीहरुलाई ब्रह्माकुमारी राजयोगिनी सावित्री दिदीका साथै ब्रह्माकुमारीहरु शान्ति, गीता र अनिताले राखी बाँधि दिएको ब्रह्माकुमारी स्मृतिले जानकारी दिईन।
सो कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख पौडेल, प्रजिअ क्षेत्री, ब्रह्माकुमार योगनाथ कँडेल लगायतले रक्षा बन्धन राखीको महत्वका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य ब्रह्माकुमारी शान्तिको रहेको थियो भने कार्यक्रम सन्चालन ब्रह्माकुमारी गीताले गरेकी थिईन् ।
रक्षावन्धन राखी कार्यक्रममा अतिथीहरु र ब्रह्माकुमार कुमारीहर सहिति २ सय जनाको सहभागिता रहेको थियो ।
आज विहान बागलुङ कारागारमा रहेका कैदी बन्दीहरुलाई कारागारमा पुगेर राखी रक्षाबन्धन बाँधी दिने कार्यक्रम रहेको ब्रह्माकुमारी स्मृतिले जानकारी दिईन् ।
ब्रह्माकुमारी राजयोग केन्द्र बागलुङमा रक्षाबन्धन ग्रहण एवं स्नेहमिलन कार्यक्रम सम्पन्न !
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०
One Comment