प्रकाश छन्त्याल, बरेङ २०७६ साउन ३० । रेडियो बिहानीको अनलाइन तीज कम्पिटिशन १५ औं दिन पनि जारी रहेको छ । प्रतियोगितामा ३२ जना प्रतियोगी आउदो शनिबार देखि दोस्रो चरणमा प्रवेश गर्ने छन् । रेडियो विहानले नारीहरुको महान पर्व हरितालिका तीज विशेष कार्यक्रम अनलाइन तीज गीत कम्पिटिशन गत साउन १५ गते बुधबारबाट सुरुवात गरेको हो ।
बागलुङको बरेङ गाउँपालिका वडा नम्बर १ बरेङ बजारमा अवस्थित सामुदायिक रेडियोले गाउँठाउँमा लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटन गर्ने गरी यस्तो कार्यक्रमको विगत ४ वर्ष देखी आयोजना गर्दै आएको छ। अनलाइन तीज कम्पिटिशन यस वर्ष पनि करिब एक महिनाको अवधिभर सञ्चालन हुने रेडियो संयोजक लेखान्त पुनले बताए। उनले प्रतियोगीलाई आफ्नो अनुशासनमा रहि निडरताको साथ प्रतियोगितामा सहभाागी हुनका लागि समेत अनुरोध गरेका छन् ।
यसअघिका वर्षहरुमा बिजेता भएका प्रतियोगीहरु विभिन्न गीत एल्वम् निकाल्न तथा गीतमा स्वर दिनको लागि लाभ प्राप्त गरेको रेडियो कोर्डिनेटर प्रकाश छन्त्यालले बताए । प्रतियोगिताको १५ औं दिन सम्म प्रवेश छनौट चरणमा ३० जना प्रतियोगी छनौट भैसकेका छन । भोलि बिहीबार छनौट चरणको अन्तिम दिन २ जना छनौट गरि ३२ जना प्रतियोगीहरुको बिच दोस्रो चरणको प्रतिस्पर्धा साउन ३२ गते शनिबारको दिउँसो ४.१० बजेबाट ५ बजेसम्म संचालन हुने पनि रेडियो कोर्डिनेटर छन्त्यालले बताए ।
कार्यक्रम ९८०६१७८९०० नम्बरमा फोन गरी आफ्नो प्रतिभा प्रष्फुटन गर्नुपर्नेछ भने थप जानकारीको लागि ९८५७६२४५५१ वा रेडियो विहानीको कार्यालयमा सम्र्पक गर्नको लागि रेडियोले अनुरोध गरेको छ । प्रतियोगीको मुल्याङकन राष्टिय स्तरका कलाकारहरुले गर्नु हुनेछ भने अन्तिम चरणसम्म पुगेर बिजेता र उपबिजेता हुने सहभागिलाई नगद पुरस्कार साथै प्रमाणपत्रद्धारा सम्मान गरिनेछ ।