दमौली, २०७६ साउन ३० । रक्षाबन्धनको अवसरमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र शाखा दमौलीको आयोजनमा सामुहिक रक्षासूत्र ग्रहण कार्यक्रम ओम शान्ति भवन दमौली र तनहुँ कारागारमा आज विहान सम्पन्न भयो ।
सो अवसरमा शुभ कामना मन्तव्य व्यक्त गर्नु हुदै व्यास नगरपालिका नगर प्रमुख बैकुण्ठ न्यौपनेले पूर्वीय धर्म र संस्कृतिमा मनाईने यी चार्ड पर्वहरुले दिन खोजेको सन्देशलाई मनन गदै मनाउनु पर्ने बताए ।
राजयोग केन्द्र दमौली शाखाकी संचालिका ब्रह्माकुमारी यमुना र ब्रह्माकुमारी रेश्माले प्रमुख जिल्ला अधिकारी रुद्र पण्डित, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष देवकुमार श्रेष्ठ, व्या.न.पा ३ का वडा अध्यष प्रेम श्रेष्ठ, व्या न.पा २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ, शिक्षा कार्यलयका ईकाइ प्रमुख रमाकान्त शर्मा, दमौली एफ एमका स्टेशन मेनेजर पवन पौडेल लागाएत १२६७ जनाले रक्षासूत्र बाँधेका थिए ।
साथै तनहुँ कारागारका कैदी बन्दीहरुलाई पनि ब्रह्माकुमारी बहिनीहरुले रक्षासूत्र बाँधिदिँदै स्वयंलाई नकारात्मक तत्वहरुबाट बचाउनको लागि शुभ संकल्पहरु गराईएको थियो । कार्यक्रमको संचालन ब्रह्माकुमार राजु खड्काले गरेका थिए ।
तनहुँ कारागारका बन्दीहरुलाई राखी बाध्दै ब्रह्माकुमारी बहिनीहरु: