Sorry, that menu does not exist.
 

आफ्नै दाजु र भाउजूको हत्या गर्ने मसाने कामी सार्वजनिक, यस्तो रहेछ कारण !

राम प्रसाद घिमिरे, बागलुङ २०७६ साउन ३१ । गत साउन २६ गते ढोरपाटन नगरपालिका ८ बोवाङमा नृशंस हत्या गरिएका बृद्ध दम्पत्तिको हत्यारा मृतकका सहोदर भाई भएको जिल्ला प्रहरी कार्यालय बागलुङले आज पत्रकार सम्मेलनमा बताएको छ ।

गत साउन २६ गते बिहान ढोरपाटन नगरपालिका ८ बोवाङ कुईने अंगेर बिसाउनेमा ६४ वर्षिय भाने बिकको शव मकै बारीमा र निजकी श्रीमती ६० वर्षकी बिमा कामीको शव गोठभित्र बिभत्सरुपमा हत्या गरिएको अवस्थामा फेलापरेको थियो । मध्यरातिमा दाई भाउजूको नृशंसा हत्या गरे पछी सोहि ठाउ बस्ने वर्ष ६१ को मसाने कामीले विहान आफ्ना साला कपाले र जेठान तमे कामीलाई दाजु भाउजुको हत्या भएको भनि रुने कराउने गरेको पनि प्रहरीले जनाएको छ । तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गर्दा मृतकका सहोदर भाई सोहि ठाउ बस्ने मसानेले भाउजू बिमाको खुकरीले र दाजु भानेको बन्चोरेले प्रहार गरी हत्या गरेको स्वीकार गरेको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक नवराज भट्ट

अभियुक्त मसाने कामीलाई सार्वजनिक गर्दै प्रहरीले हत्याको कारण मसानेकी जेठी बुहारी सीता र मृतक भानेको छोरा लिले कामीबीच अनैतिक सम्वन्ध भएको खुल्न आएको बतायो ।

वारदातको समयमा मृतक विमा बिक माथिल्लो गोठ र मृतक भाने कामी तल्लो गोठमा सुतेका थिए । उनीहरु (पति/पत्नी) मकै जंगली जनावरले खान्छ भनी हेरचाह गर्न तल माथीको गोठमा बाँडिएर बसेका थिए । अभियुक्त मसाने बिकले आफ्नी बुहारी र दाजुको छोरा लिले बीचका अनैतिक सम्वन्धलाई लिएर पहिले भाउजू विमा सुतेको गोठमा गएर झैझगडा गरी खुकुरीले प्रहार गरी विभत्स हत्या गरेपछि तल्लो गोठमा सुतेको दाजु भानेलाई मकैबारीमा लगी बन्चरो प्रहार गरी हत्या गरेको कबुलेको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक नवराज भट्टको समुपस्थिति रहेको थियो ।

योपनि पढौं

ढोरपाटन-८ बोबाङमा धारिलो हतियार प्रयोग गरी बृद्ध दम्पत्तिको नृशंस हत्या !

बोवाङ हत्याकाण्डमा कपाले, मसाने र तमे बिक पक्राउ !

भानबहादुर दम्पति हत्या प्रकरण : ‘बोवाङ रेडियो’को कस्ले झिक्यो ब्याट्री ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

25 Comments

Leave a Reply