निर्मल पौडेल, पर्वत २०७६ साउन ३१ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले गणतन्त्र विरोधी व्यक्ती र प्रवृत्तीलाई परास्त पार्ने वताएका छन् । शुक्रवार नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्वतले आयोजना गरेको छोटो भेटघाट तथा पत्रकार सम्मेलनमा पण्डितले यस्तो वताएका हुन् ।
मन्त्री पण्डितले संविधानको भावना अनुसार प्रशासनिक क्षेत्रलाई सुधार गर्दै लैजाने कुरामा जोड दिँदै राज्यको तलव सेवा सुविधा लिने कर्मचारीले निस्वार्थी निष्पक्ष र कर्तव्यनिष्ट भएर कार्यसम्पादन गर्नुपर्ने वताए । उनलेप्रशाशनले खटाएको ठाउँमा नजाने लापर्वाही र भ्रष्टाचार गर्ने कर्मचारीहरुलाई ठेगान लगाईने वताए । मन्त्री पण्डितले प्रशासनिक क्षेत्रको सेवा प्रवाहलाई जनमुखी वनाउँदै लगानीको शत प्रतिशत प्रतिफल लिने तर्फ वर्तमान नेकपा सरकार गम्भिर भएर लागि परेको स्पष्ट पारे ।
कार्यक्रममा प्रतिनिधी सभाका सांसद पदम गिरी, पुराना कम्युनिष्ट नेता तोयनाथ चालिसे, प्रदेश सदस्य नेत्री मनरुपा शर्मा, देवेन्द्रराज पाण्डे, नेपका पर्वतका युवा नेता सुदिप कुँवर, गोविन्द पहाडी कुस्मा नगरकमिटी अध्यक्ष शंकर गिरी, नेकपा जलजला अध्यक्ष दिपक आचार्य लगायत नेकपाका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।