Sorry, that menu does not exist.
 

जनप्रतिनिधीलाई डोजर मालिक नभै जनप्रतिनिधी भएर काम गर्न मन्त्री पण्डितको आग्रह !

कोपिला कंडेल, बागलुङ २०७६ साउन ३२ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिकास निर्माणका काममा पक्ष र बिपक्ष नबन्न आग्रह गरेका छन् । जिल्ला वडा सघं बागलुङको प्रथम प्रारम्भिक भेलाको शनिबार उद्घाटन गर्दै उनले जनप्रतिनिधीले आफ्नो गाउंठाउंको जिम्मेवारी कुशलता पुर्वक निभाएर आम जनताको पृय बन्नुपर्नेमा जोड दिए ।

निर्वाचनको समयमा कसले सहयोग र कसले असहयोग गरे भन्ने मानसिकताका साथ अगाडी बढे आफ्नो बर्चस्व गुम्न सक्ने चर्चा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि पण्डितले विश्वासको मत जित्ने गरी काम गर्न आग्रह गरे । उनले भने सिहांदरबारले स्थानिय तहलाई कार्यकारी अधिकार दिएको छ, यसलाई प्रभावकारी ढंङ्गले स्थानिय तहमा कार्यान्वयन गर्ने काम जनप्रतिनिधीको हो । मन्त्री पण्डितले आन्तरीक श्रोतको परिचालन गरेर संघिय संरचनालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

स्थानिय निकायका केही जनप्रतिनिधीले आफु अनुकुलका उपभोक्ता समिति बनाएर डोजर समेत किन्ने गरेको भन्दै मन्त्री पण्डितले जनप्रतिनिधीलाई डोजर मालिक नभै जनप्रतिनिधी भएर काम गर्न आग्रह गरे । प्रत्येक वडा गाउं नगर र महानगरपालिकाले मिलेर काम गर्नुपर्नेमा उनको जोड थियो।

सो अवसरमा म्याग्दीको बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल श्रीस र बिज्ञान कुमार थापा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेबम थिए ।

कार्यक्रममा बा.न.पा ९ का वडा अध्यक्ष गणेश बहादुर थापाले वडा सघं गठन सम्बन्धी एक अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रम बा.न.पा ७ का वडा अध्यक्ष शिव प्रसाद साप्कोटाको अध्यक्षता, काठेखोला गाउंपालिका ७ का अध्यक्ष प्रेम लामिछानेको स्वागत मन्तब्य र बा.न.पा १३ का वडा अध्यक्ष नारायण प्रसाद पौडेलको संचालनमा उद्घाटन सत्रको समापन भएको थियो । कार्यक्रमको बन्दसत्रले जिल्ला वडा सघं गठन गर्ने बताईएको छ ।

यस अघि हिँजो मन्त्री पण्डितले जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित कार्यालय प्रमुखहरुको बैठकलाई निर्देशन दिएका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply