Sorry, that menu does not exist.
 

होम स्टे सन्चालकहरुको प्रथम भेला सम्पन्न, थापाको संयोजकत्वमा १३ सदस्यीय जिल्ला समिती गठन !

प्रकाश छन्त्याल, बागलुङ २०७६ साउन ३२ । “गण्डकी प्रदेश बागलुङमा जाऔं होमस्टेमा रमाऔं” भन्ने मुल नाराको साथ होम स्टे संचालकहरुको प्रथम प्रारम्भिक जिल्ला भेला शनिबार होटल समिटमा सम्पन्न भएको छ । भेलाले अतिथी सत्कार सामुदायिक होम स्टे भकुण्डेका अध्यक्ष खिम बहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय जिल्ला समिती गठन गरेको छ । जसको सह संयोजकमा रेश सामुदायिक होम स्टेका युवराज थापा, सदस्यहरुमा शिवधुरी सामुदायिक होम स्टेका धुब्र बहादुर कंडेल, सिग्दी सामुदायिक होम स्टेका हिरा बहादुर पुन, बौर सामुदायिक होम स्टेका होम बहादुर पुन, दोता देउराली सामुदायिक होम स्टेका मनमाया थापा, माहुरी झरना सामुदायिक होम स्टेका भत्तm बहादुर कुंवर, रेश सामुदायिक होम स्टेका मुना थापा, फापरखेत सामुदायिक होम स्टेका कृष्ण पुन, रिघा सामुदायिक होम स्टेका आशा पुन, तोरीखोला सामुदायिक होम स्टेका कुमार पुन, बेल ढुङगा सामुदायिक होम स्टेका गोपाल श्रीस र शिद्ध बराह सामुदायिक होम स्टेका शेर बहादुर पुन रहेका छन् ।

जिल्लामा संचालित दर्ता भएका सामुदायिक होम स्टेहरुलाई एउटै संगठनमा आवद्धगरि ग्रामिण क्षेत्रको पर्यटन प्रवर्धनलाई सहयोग पुरयाउने तथा सामुदायिक होम स्टे संचालनमा आई पर्ने समस्या र चुनौतीलाई समाधान गर्नुको लागी यो समिति गठन गरिएको हो ।

भेलामा आगामी दिनहरुमा बाह्य तथा आन्तरिक पर्यटकहरुको ब्यबस्थापनमा आधुनिक ढंगबाट अगाडी बढाउदैं जादा परेका बिभिन्न समस्याहरु एक आपसमा अनुभवको आदान प्रदान भएको थियो । साथै अप्ठयारो समस्याहरुको समाधान एक आपमा मिलेर समाधान गर्ने, सामुदायिक होम स्टेलाई प्रभावकारी बनाउने,आफनो ठाँउ अनुसारको एक होम स्टे एक उत्पादनको बिकाश गर्ने, होम स्टेको ब्रोसर बनाउने र स्थानिय तहसंगको सहकार्यमा सामुदायिक होम स्टेहरुलाई आर्कषक र ब्यबस्थित बनाउने बारेमा अन्तरक्रियात्मक कार्यक्रम पनि गरिएको थियो ।

भेलाले १० सदस्यीय सल्लाहकार समिती पनि चयन गरेको छ । जसमा राजु खडका, अर्जुन चोखाल, ओम प्रकाश थापा, मिना थापा, हरि कुंवर, कोपिला पुन, भिम थापा, श्याम पुन, प्रेम श्रीस र खिमानन्द कंडेल रहेका छन् ।

भेलामा जिल्ला पर्यटन बोर्ड बागलुङका अध्यक्ष राजु खडकाको प्रमुख आतिथ्यता, जिल्ला पर्यटन बोर्डका सचिव अर्जुन चोखाल र अतिथी सत्कार सामुदायिक होम स्टे भकुण्डेका अध्यक्ष खिम बहादुर थापाको बिशेष आतिथ्यता रहेका थियो ।

भेला बेलढुङ्गा सामुदायिक होम स्टेका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षता, माहुरी झरना सामुदायिक होम स्टेका सदस्य हरि कुँवरको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply