Sorry, that menu does not exist.
 

मध्यपहाडी लोकमार्गको तुरतुरे खण्ड भदौ ३ गते देखी पूर्णरुपमा सन्चालनमा आउने !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ साउन ३२ । ढोरपाटन नगरपालिका र बडीगाड गाउँपालिकाको सीमानामा पर्ने तुरतुरे ताल नजिकै बडीगाड नदीले कटान गर्दा भत्किएको मध्यपहाडी लोकमार्ग भदौ ३ गते सम्म पूर्ण रुपमा सन्चालनमा आउने भएको छ ।

गत साउन १९ गते विपदबाट उत्पन्न तुरतुरे ताल फुटेर सडक बगाएसँगै बागलुङ – बुर्तिबाङ सिधा सडक सञ्जालन अबरुद्ध बनेको हो ।

सडक बगेको केहि दिनमै निर्माण व्यवसायी दिपक अदैले मध्यपहाडी लोकमार्ग आयाजेना सँग सम्झौता गरी सडक खुलाउने जिम्मा लिएपछि एक हप्तादेखि भत्किएको सडक मर्मत कार्य भइरहेको छ ।

सडकको कुना भागमा चट्टान सहित पहरो रहेको र छेउको भागमा बग्ने माटो मात्र रहेका कारण दोहोरो सवारी चल्ने गरी सडक खुलाउन चट्टान फोड्ने, ग्याविन लगाउने काम भइरहेका कारण भदौ ३ गते पुर्णरुपमा सवारीका साधन सञ्चालनमा आउने निर्माण व्यवसायी दिपक अदैले ईबागलुङलाई बताए ।

शुक्रबार साँझदेखि इमर्जेन्सी सवारीका साधन मात्र आवतजावत गर्न दिइएको छ, अझै काम बाँकी रहेका कारण पुर्ण रुपमा सडक नखुलेको मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर अर्जुन गौतमले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

5 Comments

Leave a Reply