कोपिला कंडेल, बागलुङ २०७६ भदौ १ । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले अव महासघंले श्रमजिवि पत्रकारको मुद्दा जोडदार रुपमा उठाउने बताएका छन् ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव बिष्टले मिडिया बिधेयकले गर्दा श्रमजिवी पत्रकार ऐन कार्यान्वयन सम्बन्धी मुद्दा ओझेलमा परेको बताए । श्रमजिवी पत्रकारलाई शोषण गर्ने संचार माध्यममा ताला लगाउन समेत पछि नहट्ने उनको चेतावनी थियो । राष्ट्रियस्तरको संचार माध्यम भनेर गफ गर्ने तर श्रमजिवी पत्रकार माथि ठगी गर्नेलाई हामी छाड्दैनौ विष्टले भने ।
पत्रकारिता क्षेत्रमा पनि केही कमीकमजोरी रहेको चर्चा गर्दै महासचिव बिष्टले पत्रकारिताको मुल मर्मलाई समाप्त पार्ने खालका गतिबिधी गर्न नहुनेमा जोड दिए । पत्रकारलाई पनि गल्ती गर्ने छुट नभएको उनंको भनाई थियो । उनले सरकारले ल्याएको सहमति अनुसार मिडिया काउन्सिल विधेयक संशोधन हुने बताए ।
महासचिव विष्टले नेपाल पत्रकार महासंघको सदस्यताका लागी जिल्ला शाखाहरुमा गुटबन्दी र पार्टीगत सोँच हावी भएकोहुँदा सदस्यता लिन नपाएका पत्रकारहरुको पीडा बारे केहि कुरा बोलेनन् ।
सो अवसरमा बागलुङको पत्रकारिताको गतिबिधी बारे नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष दिल शिरिषले जानकारी गराएका थिए । कार्यक्रममा पत्रकार महासघंका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले केही गैरपत्रकारका कारण ब्यवसायीक पत्रकारिता माथि प्रश्न उठ्ने गरेको बताए । पत्रकारले पनि ऐन नियम र आचारसंहितालाई पालना गर्नुपर्ने उनको भनाई थियो । कार्यक्रमको संचालन सचिव राम थापा ‘अविरल’ले गर्नुभएको थियो ।