Sorry, that menu does not exist.
 

विश्व फोटोग्राफर दिवसमा जिल्ला प्रहरी कार्यालयलाई किट हस्तान्तरण !

कोपिला कंडेल बागलुङ २०७६ भदौ २ । १ सय ८० औ विश्व फोटोग्राफी दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार महासघं बागलुङले जिल्ला प्रहरी कार्यालय बागलुङमा लागु औषधको चेकजाच गर्ने किट हस्तान्तरण गरेको छ ।

फोटो पत्रकार महासघंका बागलुङ जिल्ला अध्यक्ष मञ्जुल शाक्यले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टलाई १० थान किट हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै प्रहरी प्रमुख भट्टले लागु औषध प्रयोगको रोकथाम र नियन्त्रणका लागि प्रहरी निरन्तर रुपमा खटिएको बताउदै किटको माध्यमबाट एकै पटक ६ प्रकारका लागु औषधको पत्ता लगाउन सकिने बताए ।

प्रहरी प्रमुख भट्टले, दुव्र्यसनी पत्ता लागेमा प्रहरीलाई खवर गर्न आग्रह समेत गर्दै जिल्लामा हुने सबैखाले बिकृति बिसंगति र आपराधिक क्रियाकलाप बिरुद्ध सबै संग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने स्पष्ट पारे ।

किट हस्तान्त्रण पछि बोल्दै राष्ट्रिय फोटो पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष मञ्जुल शाक्यले जिल्ला प्रहरी कार्यालय बागलुङले शुरु गरेको लागु औषध नियन्त्रण र रोकथाम अभियानमा एक्यबद्धता जनाउने उदेश्य स्वरुप किट हस्तान्त्रण कार्यक्रम राखिएको बताए । उनले फोटो भिडियो पत्रकारितमा मार्फत लागु औषध नियन्त्रणमा सहयोग पुर्याउने धारणा समेत ब्यक्त गरे । कार्यक्रमको संचालन फोटोपत्रकार महासघंका सदस्य सुवास आचार्यले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply