Sorry, that menu does not exist.
 

ऐतिहासिक महत्व बोकेको नाच्ने डाॅडाको ईतिहास, परम्परा र तीज महोत्सव !

थम्मन थापा, गल्कोट (बागलुङ) २०७६ भदौ ३ । गल्कोट नगरपालिका ७ मल्मको नाच्ने डाँँडा बागलुङको एक महत्वपूर्ण धार्मिक ठाउॅ हो । प्रत्येक वर्ष हरितालिका तीजको अवसरमा यहाँ परम्परगत तीज मेला हुँदै आईरहेको छ । झण्डै २ सय वर्ष पुरानो ईतिहास बोकेको नाच्ने डाडामा दिदीबहिनी आमाहरु तीजको दिन जम्मा भएर वर्षभरिका दुख पिडा वेदनालाई गीत र नाच मार्फत प्रस्तुत गर्दै आईरहेका छन ।

यसपाली तीज मेलालाई तीज महोत्सवको रुपमा आयोजना गरिएको छ । समुद्री सतह देखि १५ सय मिटरको उचाईमा अवस्थित नाच्ने डाँडाको तीजमा दिदीबहिनीहरु भेला भएर तीजका पुराना भाकामा नाचगान गर्दै आएकोले यस स्थानको नाम समेत नाच्ने डाँडा रहन गएको बुढापाकाहरु बताउछन । पहिला धेरै वर्ष सम्म सामाजिक संस्था घुम्टे युवा परिवार र जनहित माध्यमिक विद्यालयले नाच्ने डाँडामा तीज मेला गर्दै आईरहेका थिए । वि।सं २०६४ सालमा उक्त स्थानको संरक्षण सम्वर्धन गर्दै मौलिक तीज मेलालाई निरन्तरता दिन नाच्ने डाँडा संरक्षण समाज नामक सामाजिक संस्था स्थापना भए पश्चात अहिले समाजले तीज मेलालाई निरन्तरता दिदै आएको छ ।

विशेष गरि गलकोट क्षेत्र र आसपासबाट तीजमा त्यहॉ हजारौ दर्शक र श्रद्धालुहरु त्यहा पुग्ने गर्दछन । नाच्ने डाँडामा ऐतिहासिक धार्मिक महत्व बोकेको शिद्धेश्वर शिवालय मन्दिर समेत रहेको छ । मन्दिरलाई सिद्धेश्वर शिवालय सेवा समितिले धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्न गुरु योजना समेत अगाडी बढाएको छ । १ सय भन्दा बढि शालिग्राम र पुरातात्विक हिसाबको मन्दिर निर्माण गर्न शिलान्यास समेत भईसकेको छ ।

यस वर्ष हरितालिका तीजको अवसरमा तीज महोत्सव हुँदै छ । आगामी भदौ १५ देखि १६ गतेसम्म हुने महोत्सवमा स्थानिय कला संस्कृति झल्कने नौमति बाजा, झाँकी, बृहत तीज गीत प्रतियोगिता, सामुहिक नृत्य, एकल नृत्य, खुल्ला तीजगीतमा नाचगान, राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहने समाजका अध्यक्ष कोपिला खडकाले जानकारी दिईन । नाच्ने डॉडा संरक्षण समाजको मुख्य आयोजना र सिद्वेश्वर शिवालय सेवा समितिको आयोजनामा सञ्चालन हुने तीज महोत्सव सफल पार्न तयारीलाई तिव्र पारिएको सचिव कोपिला थापाले जानकारी दिईन । सचिव थापाका अनुसार तीज महोत्सवमा ज्येष्ठ वृद्ध महिला, सकृय महिला समाजसेवी, आगन्तुक चेली अभिनन्दन, सहयोगदाता, अक्षयकोषदाता, कलाकार, पत्रकारलाई समेत सम्मान गरिने समाजले जनाएको छ । महोत्सवको पुर्व सन्ध्यामा सडक, बाटोघाटो, टोल सरसफाई समेत गर्न लागिएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply