Sorry, that menu does not exist.
 

तीजको अबसरमा ताराखोलाको अर्गल सिलेमा भदौरे मेला हुने

पूर्णभद्र निउरे, ताराखोला २०७६ भदाै ३ । हरितालिका तीजको अबसरमा ताराखोला गाउपालिकाको वडा न २ अर्गल सिलेमा भदौरे मेला संचालन हुने भएको छ । भदौरे मेला ब्याबस्थापन समितीको आयोजनामा खेलकुद कला र सस्कृतीको संरक्षण गर्ने उदेश्यले प्रत्यक बर्ष मनाउदै आएको भदौरे मेला यस बर्ष पनि आगामी भदाै १२ देखि १६ सम्म विभिन्न प्रतियोगितात्मक खेलकुद तथा सास्कृतिक कार्यक्रमका साथ मनाउन लागिएको भदौरे मेला ब्यबस्थापन समितिका अध्यक्ष हरि बहादुर रोकाले जानकारी दिए ।

मेलाको अबसरमा नया संरचना अन्तरगतको खुला वडास्तरिय पुरुष भलिबल प्रतियोगिता , खुल्ला महिला भलिबल प्रतियोगिता , धनुषबाण प्रतियोगिता र सामुहिक लोक नृत्य प्रतियोगिता आयोजना गरिएको सचिब खडक बहादुर रोकाले बताए ।

पुरुष भलिबलमा सहभागी भै प्रथम हुने समूह ले ५५ हजार ५ सय ५५ र द्दितिय हुनेले ३४ हजार ३ सय ३३, महिला भलिबल तर्फ प्रथम हुनेले १५ हजार दित्तिय हुनेले १० हजार , धनुषबाण तर्फ प्रथम हुनेले १८ हजार ,दित्तिय हुनेले १२ हजार र सामुहिक नृत्य तर्फ प्रथम हुने ७ हजार , दित्तिय हुनेले ४”हजार र तृतीय हुनेले हजार नगद पुरस्कार प्राप्त गर्ने भदौरे मेला ब्यबस्थापन समितीका कोषाध्यक्ष वीर बहादुर रोकाले बताए ।

मेलाको मुल समारोह तथा उद्घाटन कार्यक्रम गण्डकी प्रदेशका सांसद दिलमाया रोका गौतम (दिपा) को प्रमुख आतिथ्यता र ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती र वडा न २ का अध्यक्ष भद्र बहादुर घर्ती लगायत अन्य बिशिस्ट ब्याक्तीत्वहरुको आतिथ्यतामा भदाै १५ गते हुने आयोजकले जनाएका छ्न ।

मेलाको अबसरमा प्रतियोगितात्मक कार्यक्रमका साथमा चर्चित लोकदोहोरी गायक गायिका देवी आले , भिम पौडेल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति संगै जनजाति नौमती बाजा र अन्य विभिन्न सास्कृतिक झाकी प्रदर्शन गरिने जनाइएको छ ।

मेलाको तयारिका लागि पत्राचार संगै सम्पूर्ण पुरस्कार हरुको प्रायोजकहरुको समेत टुंगो लाई सकेको र हाल प्रचार प्रसार र अन्य भौतिक तथा ब्याबस्थापकिय तयारी थालिएको अध्यक्ष हरि बहादुर रोकाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments

Leave a Reply