Sorry, that menu does not exist.
 

बाँगेचौर-अदुवाबारी जोड्ने झोलुंगे पुलको लठ्ठा तान्ने कार्य सुरु !
भदौ ५ देखी ऐ १३ गते सम्म दिनको साढे ८ घण्टा मालढुंगा बेनी सडकमा सवारी सन्चालन बन्द गरिने !

बागलुङ २०७६ भदौ ४ । बागलुङ नगरपालिका-१ बाँगेचौर देखी पर्वत जिल्लाको कुस्मानगरपालिका-१ पाङको अदुवाबारी जोड्ने झोलुंगे पुल निर्माण कार्य भैररहेको र दुबै तिरको जीप निर्माण भै लठ्ठा तान्ने (एङ्कर ब्लक निर्माण) कार्य भैरहेकोले पर्वत मालढुंगा देखी बेनी जाने सडकमा सवारी साधनहरु आवत जावत गर्दा निर्माण कार्य सुचारु गर्न कठिनाई भएकोले यसको लागी उक्त झोलुंगे पुल निर्माण कम्पनि हिमशिखर कन्स्ट्रक्सनले आवश्यक व्यवस्था मिलाई दिन अनुरोध भै आए अनुसार सो सडक भदौ ५ गते देखी ऐ १३ गते सम्म विहान ७ बजे देखी ९ बजे सम्म र दिनको १० बजे देखी ४.३० बजे सम्म सवारी बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको बागलुङ, म्याग्दी र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, तीनै जिल्लाका सुरक्षा निकाय प्रमुखहरु, बागलुङ नगरपालिकाका नगरप्रमुख उपप्रमुख लगायत निर्माण व्यवसायीका प्रतिनिधीहरु, तिनै जिल्लाका उद्योग वाणिज्य संघका प्रतिनिधी पत्रकार सहितको उपस्थितिमा मंगलबार बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । बैठकले यसको बिकल्पमा मालढुंगा देखी बागलुङ, म्याग्दीको रत्नेचौर हुँदै बनी सदरमुकाम सडक प्रयोग गर्न पनि सुझाएको छ ।

बैठकले माथि गरिएको निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय पर्वतले सम्वन्धित स्थानीय तह र सरोकारवालाहरु संग समन्वय र सहजीकरण गर्ने निर्णय समेत गरेको छ ।

निर्माणाधीन बाँगेचौर अदुवाबारी झोलुंगे पुलको लम्बाई ५ सय ६५ मिटर लामो रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments

Leave a Reply