Sorry, that menu does not exist.
 

ताराखोलाको पहिचान बनेको ‘सिस्नो खोस्ने पर्व’ भदौ २१ देखि सुरु हुँदै !

खगेन्द्र विश्वकर्मा, तारा २०७६ भदौ ५ । बागलुङको ताराखोला गाउपालिकाको वडा न ४ र ५ साविक तारा गाविस प्राचीन एवं पराम्परागत सँस्कार तथा सँस्कृतिकालागी छुट्रटै पहिचान बोकेको स्थान मानिन्छ ।

ताराका मगर जातिको प्राचीन तथा परम्परागत रुपमा मनाईने सिस्नो खोस्ने पर्व यस वर्ष भदौ २१ बाट सुरु भै २४ गते समापन गर्ने तारा ४ का जंगबहादुर घर्तीले जानकारि दिए ।

ताराखोलामा मगरहरुको बसार्इ सभ्यता संगै वा डोल्पाको ताराभोटबाट आएबाटै धनुष वाणले सिङ हानी सिङले देखाएको दिशातर्फ बसोबास गरेबाटै निरन्तर सिङ फेर्ने र सिस्नो खोस्ने प्रचलन रहेको छ । घर्तीका अनुसार अहिले भने प्रत्येक ९ बर्ष पछि सिङ फेर्ने र २ र २ बर्षको फरकमा सिस्नो खोस्ने प्रचलन चलाएको बताए ।

यस बर्ष भदौ २१ सिस्नो खोस्ने ठार्उँ तारा गाउँ वरपारका मगर समुदायका बुढापाकाले सरसफाइ गर्ने , २२ गते तरुनी तन्नेरीले बाटोघाटो सरसफाइ गर्ने र २३ गते रातभर बुढाहरु धामी झाँक्रीका साथ कुडु बस्ने र २४ गते बिहान देखि पाता जाने र दिनभर अविवाहित मगर युवा र युवती बिच झाँक्रीका साथ सुगुरको सपेटो र सिस्नो खोस्ने मगर समाज ताराको बैठकले निर्णय गरेको छ ।

फाईल तस्वीर ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply