Sorry, that menu does not exist.
 

जैमिनी नगरपालिका ७ जैदीमा तीन दिने बाख्रापालन तालिम सुरु !

प्रकाश छन्त्याल, कुस्मीसेरा २०७६ भदौ ६ । जैमिनी नगरपालिका वडा न ७ जैदीमा शुक्रबार देखि ३ दिने बाख्रा पालन तालिम शुरु भएको छ । जैमिनी नगरपालिका शिक्षा इकाईको आयोजना र सहिद स्मारक सामुदायिक सिकाइ केन्द्र जैदीको सहयोगमा जैमिनी नगर पालिका वदा न ६, ७ र ८ का ४७ जना बाख्रापालक कृषकहरुको उपस्थितिमा प्रमुख अतिथि जैमिनी नगर पालिकाका प्रमुख इन्द्रराज पौडेलले तालिमको उदेघाटन गरेका थिए ।

उदेघाटन पछी बोल्दै यो सिकाइले बाख्रा पालक कृषकलाई बाख्रा पालन सम्बन्धि ज्ञान आर्जन गरि अरु कृषकहरुलाइ पनि आफुले सिकेका कुराहरू सिकाउन आग्रह गरे । सो अवसरमा उप प्रमुख लिला रानाले हाम्रो देश कृषिप्रधान देश भएपनि उन्नत तरिकाबाट खेतीपाती ,पशु पालन गरि मनग्ये आम्दानी लिन ज्ञान् नभएकोले पछाडी परेको बताउदै यो तालिम ले कृषकलाई फाइदा पुग्ने बताए।

तालिमको उद्घाटन कार्यक्रममा नेबि संघका सह माहामन्त्री हरिहर शर्मा, जिल्ला सचिब नवराज शर्मा ,जैमिनी नगरपालिका शिक्षा प्रमुख खेमराज आचार्य ,ग्लोबल एम इ बैंक कुश्मी सेराका प्रबन्धक हरि प्रसाद शर्मा लगायतले मन्तव्य राखेका थिए । ३ दिन सम्म चल्ने तालिमको पशु केन्द्र कुश्मिसेराका इन्चार्ज कृष्ण प्रसाद ढकाल,सह इन्चार्ज नेत्र प्रसाद शर्मा आचार्यले सहजीकरण गर्ने छने ।

कार्यक्रम सहिद स्मारक सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष अर्जुन प्रसाद शर्माको अध्यक्ष ता,सस्थाका सहजकर्ता निर्मला शर्माको स्वागत र देवराज शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply