कोपीला कंडेल, बागलुङ २०७६ भदौ ६ । रण स्मृति पुरस्कार संस्था बागलुङले आफ्नो २६ औ बार्षिकोत्सवका अवसरमा साहित्य क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका एकजना साहित्यकार सहित बागलुङ्ग नगर क्षेत्र अन्र्तगत सामुदायिक बिद्यालय बाट उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीलाई सम्मान एबं पुरस्कार प्रदान गरेको छ ।
संस्थाले संचालन गरेको तेस्रो शक्ति पुरस्कारबाट पोखरा निवासी साहित्यकार तिर्थ श्रेष्ठलाई सम्मान गरेको छ । पुरस्कृत श्रेष्ठलाई बागलुङ्ग नगरपालिकाका प्रमुख जनकराज पौडेल र संस्थाका अध्यक्ष काजि रोशनले नगद सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
त्यसैगरी रणस्मृति पुरस्कारबाट बागलुङ्ग नगरपालिका अन्र्तगतका कक्षा ५ र ८ मा अध्यनरत उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा कक्षा ५ मा अध्यनरत बालमन्दिर आधारभुत बिद्यालयका कुशुम घर्ति मगर, गणेस थापा त्यसैगरी कक्षा ८ तर्फ गणेश माबिका सिमा बिक कुशुम बिक रुद्रेपिपल मा.बि का अपेक्षा पौडेल र जनमत मा.वि का किसोर लामिछाने रहेका छन् ।
पुरस्कृत सबैलाई बागलुङ्ग नगरपालिकाका प्रमुख जनकराज पौडेल र संस्थाको अध्यक्ष काजि रोशनले नगद सहित प्रसंसा पत्र द्धारा पुरस्कृत गरेका थिए । त्यसैगरी पुरस्कृत हुने सम्बन्धीत बिद्यालयलाई सम्मान पत्र प्रदान गरिएको रण स्मृति पुरस्कार संस्थाका सदस्य सचिव भोज बहादुर खड्काले जानकारी दिए ।
बागलुङ नगरपालिका ३ गुठी निवासी समाजसेवी एबं शिक्षासेवी शक्ति बहादुर खड्काले आफ्ना स्वर्गिय पिता रण बहादुर खड्काको स्मृतिमा २०५० सालमा रण स्मृति कोषको स्थापना गरेको कोषबाट सामुदायिक बिद्यालयमा अध्यनरत कक्षा ५ र ८ का बिद्यार्थिलाई पुरस्कार प्रदान गरिदै आएको संस्थाले जनाएको छ । त्यसैगरी बिगत २ बर्ष देखी संस्थाले शक्ति बहादुर खड्काको नाममा शक्ति पुरस्कार समेत वितरण गर्न शुरु गरेको जनाएको छ ।
सो अवसरमा बोल्दै नगरप्रमुख पौडेलले साहित्य मार्फत समाजमा रहेका बिकृति बिसंगतिको अन्त्य गर्नुपर्ने बताए । पछिल्लो समय बढ्दै गएको प्रविधिबाट टुक्रे ज्ञान मात्र सिक्न सकिने चर्चा गर्दै नगर प्रमुख पौडेलले–समाजलाई सहि मार्गमा लैजानका लागि अग्रजहरु बाट शिक्षा लिनुपर्ने बताए । उनले रणस्मृति पुरस्कारले साहित्य एबं शैक्षिक क्षेत्रको बिकासको लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । पौडेलले साहित्य क्षेत्रको बिकासका लागि बागलुङ्ग नगरपालिकाले सक्दो सहयोग गर्ने धारणा व्यक्त गरे ।
त्यसैगरी पुरस्कृत ब्याक्तित्व तिर्थ श्रेष्ठले साहित्य मार्फत समाजमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुपर्ने बताउदै रण स्मृति पुरस्कारले समाजमा सर्हानिय कार्य गरेको उल्लेख गरे ।
कार्यक्रममा पोखरेली सांस्कृतिक परिवारका पुर्ब अध्यक्ष जीवन सागर भण्डारी बालमन्दिर आधारभुत बिद्यालय विद्यालयका शिक्षक उमाकान्त शर्मा र पुरस्कृत बिद्यार्थी गणेश माबिका सिमा बिक लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सम्मानित ब्याक्तित्व श्रेष्ठको बारे संस्थाका सदस्य राजु खड्काले बताएका थिए । कार्यक्रम रण स्मृति पुरस्कार संस्था बागलुङ्गका अध्यक्ष काजि रोशनको अध्यक्षता सदस्य अमृत खड्काको स्वागत मन्तब्य र पत्रकार कोपीला कंडेलको संचालनमा सम्पन्न भएको थियो ।