बुर्तिवाङ २०७६ भदौ ७ । रिठाखोला लघु जलविद्युत आयोजना बुर्तिबाङको आर्थिक वर्ष २०७५÷०७६को स्थानीय लेखा परिक्षण सम्पन्न भएको छ ।। आयोजना यस वर्ष साढे १९ लाख ५६ हजार ८ सय ४४ रुपैयाँ नाफामा रहेको स्थानीय लेखा परिक्षणको रिपोर्टमा उल्लेख छ ।
आयोजनाको सञ्चालक समितिले गंगा बहादुर कार्कीको संयोजकत्वमा ५ सदस्यीय स्थानीय लेखा परीक्षण समिति गठन गरेको थियो । लेखा परक्षिण समितिले सबै हिसुाव हेर्दा आयोजनाले ३३ लाख ३२ हजार ३ सय २४ रुपैयाको आम्दानी गरेको, १३ लाख ७५ हजार ४ सय ८० रुपैयाँ खर्च गरेको प्रतिवेदन निकालेको छ ।
स्थानीय लेखा परीक्षण समितिले ल्याएको प्रतिवेदन, यही भाद्र २० गते, आयोजना उपभोक्ताहरुको टोल टोलमा सार्वजनिक गर्ने र उपभोक्ताले अनुमोदन गरेपछि अन्तिम लेखा परीक्षण गरिने आयोजनाका म्यानेजर नारायण घर्ती मगरले बताए ।
७४ किलोवाट क्षमता रहेको रिठाखोला लघस जलविद्युत आयोजनामा ६ सय ३० उपभोक्ता रहेको म्यानेजर घर्तीले बताए ।
2 Comments