झरना कँडेल, बुर्तिवाङ २०७६ भदौ ८ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको रौनक बुर्तिवाङमा चरामोत्कर्षमा छ । बिगत वर्ष देखी ढोरपाटन नगरपालिकाले संस्थागतरुपमा नारीहरुको यस महानपर्वलाई मनाउन थालेपछी यसले विशेष महत्व पाएको छ ।
ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुनको नेतृत्वमा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बुर्तिवाङ बजारमा तीजी कार्यक्रमको आयोजना गरी शनिवार सम्पन्न भएको छ । माईतीका बाबु, दाजुभाई विवाहित छोरी, दिदीबहिनीहरुलाई लिएर आएर उनिहरुका पीडा दर्दहरुलाई सुन्ने मनन गर्ने सान्त्वना दिने पुरानो प्रचलनमा पछिल्लो समय आमुल परिवर्तत आएपनि तीजको अवसरमा नारीहरुले दिलखोलेर नाँच्ने गाउने गर्छन् ।
बागलुङ जिल्लाको पश्चिम केन्द्र बुर्तिवाङ बजारमा यस्ता प्राचीन परम्परा र संस्कृतिको जगेर्ना हुँदै आएको छ । हालै सम्पन्न तीजी कार्यक्रममा गरिएको महिला सम्मान तथा विविध प्रतियोगितात्मक कार्यक्रमहरुमा महिलाहरुले आफ्नो नृत्यकलालाई यसरी प्रस्तुत गरेका छन् ।
योपनि पढौं
साताको तस्वीर : बुर्तिवाङमा तीज !
आजको तस्वीर : बुर्तिवाङमा यस्तो रह्यो, तीजको रौनक !
Related Posts
२०७८ असार २४, बिहीबार ०९:०६
५ दिन देखी तमानखोला बुर्तिबाङ सडक अवरुद्ध
२०७८ असार १२, शनिबार ०९:२०
3 Comments