Sorry, that menu does not exist.
 

विपन्न वर्गको समृद्विका लागि जनप्रतिनिधीले भाषण होईन, व्यवहारमा काम गरेर देखाउनु पर्छ-नगर प्रमुख नेपाली

बेसहारा वृद्ध दम्पतिलाई नगरप्रमुख नेपालीव्दारा नवनिर्मित घर हस्तान्तरण !

गलकोट, २०७६ भदौ ९ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले विपन्न वर्गका परिवारको समृद्वि गर्न जनप्रतिनिधीले भाषण होईन व्यवहारमा काम गरेर देखाउनु पर्ने बताएका छन । गलकोट नगरपालिका वडा नं ९ मल्म छिसमा वृद्व बेसाहारा राम्जाली दम्पतिलाई घर हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख नेपालीले यस्तो बताएका हुन ।

न्यू नवज्योति युवा कल्व मल्मको पहल कदमी तथा नगर प्रमुख नेपालीको २ लाख आर्थिक सहयोगमा उक्त घर निर्माण भएको हो । नव निर्मित पक्की घर हस्तान्तरण कार्यक्रममा गलकोट नगरपालिका वडा नं ९ का वडा सदस्य धर्मदत्त सापकोटा, घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देशले शुभकामना मन्तव्य राखेका थिए । बेसाहारा राम्जाली परिवारको केहि महिना पहिले गल्काेट एफएम लगायतले समाचार प्रसारण गरेपछि सामाजिक संस्था घुम्टे युवा परिवार मल्मले खाद्यान्न र विस्तारा सेट सहयोग गरेको थियो ।

त्यस्तै स्थानिय स्तरमा विभिन्न सामाजिक कृयाकलापमा सकृय न्यू नव ज्योति युवा कल्व मल्मले राम्जाली परिवारलाई घर बनाईदिने योजना तय गरेको थियो । संस्थाको २३ औं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि नगर प्रमुख नेपालीले अभियान सफल पार्न आर्थिक सहयोग गर्ने घोषणा गरे बमोजिम काम सम्पन्न गरि आज हस्तान्तरण गरिएको न्यू नवज्योति युवा कल्वका अध्यक्ष सुरेन्द्र केसीले बताए। यस अघि वृद्वा दम्पतिलाई कल्वले खाद्यान्न समेत सहयोग गरेको कल्वका पुर्व अध्यक्ष होम थापाले जानकारी दिए । घर निर्माण भएपछि राम्जाली परिवार खुसी भएका छन । घर निर्माणको लागि कल्वले स्थानिय पत्रकार मित्र खरेललाई जिम्मा प्रदान गरेको थियो ।

नव निर्मित घर हस्तान्तरण कार्यक्रममा स्थानिय जनप्रतिनिधि, समाजसेवी, न्यू नवज्योति युवा कल्वका प्रतिनिधीहरु, पत्रकार, स्थानियबासी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापाको अध्यक्षता, छिस युवा परिवारका कोषाध्यक्ष विदुर खरेलको स्वागत र पत्रकार मित्र खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply