Sorry, that menu does not exist.
 

जापानमा आयोजित तीज विशेष कार्यक्रममा नाँचे मुसिकोटका नगरप्रमुख सापकोटा !

गुल्मी २०७६ भदौं ११ । गुल्मीको मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा सहितका ३ जना जनप्रतिनिधीहरु यति बेला जापानको भ्रमणमा पुगेका छन । उनीहरुलाई जापानमा रहेका नेपालीहरुको विभिन्न संघ संगठनहरुले स्वागत कार्याक्रमको आयोजना गरि अभिनन्दन गरिरहेका छन ।

यहि क्रममा अर्याल सेवा समाज जापानले नगरप्रमुख सापकोटा , सोही नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्ले र वडा नम्वर ८ का वडाध्यक्ष नारायण सापकोटालाई अभिनन्दन गरिएको छ ।

उनीहरु सगै छोरा छोरी भेट्न पुगेका चुरामणि अर्याल , चन्द्रकला अर्याल, रामेश्वर अर्याल, खिमादेवी अर्याल, सुरेशचन्द्र अर्याल, भिमकला अर्याललाई र उनका छोरा विजय अर्याललाई पनि समाजले अभिनन्दन गरेको थियो ।

गुल्मी कै ईन्द्रेगौडा घर भएका अर्याल सेवा समाज जापानका अध्यक्ष गोविन्द्र प्रसाद अर्यालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा हरितालिका तीज बिशेष कार्यक्रममा तीनै जना जनप्रतिनिधी र नेपालबाट गएका बुवा आमाहरुलाई पनि नचाईएकोा थियो ।

कार्यक्रमका प्रमुख अतिथी मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले बिदेशमा रहेका अर्लाङ्घकोट, वामी, कुर्घा , आँपचौर सहितका मुसिकोटवासीले समाजमा पुराएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि बैदेशिक रोजगारमा रहेका मुसिकोटवासीको सहयोग र सहकार्य खाँचो रहेको धारणा राखेका थिए ।

मुसिकोट नगरपालिकाले अगाडी सारेको लघु जलविद्युत लगायतको उद्यम विकासमा बैदेशिक रोजगारमा रहेका नगरवासीको लगानी भित्राउने उद्देश्यका साथ भदौं ७ गते नेपालबाट जापान पुगेका मेयर सापकोटा सहितका जनप्रतिनिधीहरु भदौं २० गते नेपाल फर्किने कार्यक्रम रहेको अर्याल समाज जापानका अध्यक्ष गोविन्दप्रसाद सापकोटाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply