Sorry, that menu does not exist.
 

तीज विशेष कार्यक्रमका वीच महिला संघकी संस्थापक अध्यक्ष स्व मंगलादेवी सिँहको स्मरण !

छविलाल पाण्डे बुर्तिवाङ २०७६ भदौ ११ । नेपाल महिला सँघ क्षेत्रीय समिती क्षेत्र नं.२ को आयोजनामा बुर्तिबाङमा ती जविशेष कार्यक्रम तथा नेपाल महिला सँघकी सँस्थापक अध्यक्ष मँगलादेवी सिँहको स्मृर्तिमा एक कार्यक्रम सम्पन्न भएको छ ।

आयोजित कार्यक्रमलाई गल्कोट नगरपालिका प्रमुख भरत शर्मा गरैले महिलाहरुको न्याय र जागरुकताका निम्ती मँगला देवी सिँहले खेलेको भुमिकाको प्रशँसा गर्र्द नारीहरु मँगला देवी सिँह जस्तै जागरुक र सक्षम रुपले अगाडी बद्न सकेमात्रै समाज रुपान्तरण हुने बताए ।

नगरप्रमुख गैरेले सबैको हक अधिकार स्थापित गराउने र समृद्धि ल्याउने उदेश्य स्वरुप जनताले जनप्रतिनिधीको चयन गरेको बताउँदै जनताका जनप्रतिनिधीले जनताको हित र समृद्धिमो अधिकार प्रयोग गर्नुपर्ने बताए ।

कार्यक्रमका बिशिष्ठ अतिथी नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी जित शेरचनले बोल्दै महिलाहरुको हक अधिकारका निम्ती मँगला देवी सिहँले खेलेको भुमिकाको प्रशंसा गर्दै महिलाले पाउने हक अधिकारका निम्ती महिलाहरु आफै चनाखो भएर अगाडी बद्नुपर्ने बताए । बर्तमान दुई तिहाइको सरकारले कसैको अधिकार र न्यायका निम्ती अगाडी नबढेको उनले आरोप लगाए ।

शेरचनले देशमा दिनानु दिन सरकार विरुद्ध आन्दोलन, प्रर्दशन भइरहेको छ । सरकारले जनताको मन जित्न नसकेकै कारण यस्तो अवस्था आएको बताउँदै बर्तमान सरकार धेरैदिन टिक्न नसक्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिती सदस्य सुरेन्द्रवम मल्ल, महाधिवेशन प्रतिनिधी सोम पौवी, मञ्जु शर्मा चालिसे, रत्ना शेरचन लगाएतको आतिथ्यता एवम मन्तव्य रहेको थियो ।

कार्यक्रम नेपाल महिला सँघ क्षेत्रीय सदस्य असारी विकको स्वागत रहेको कार्यक्रममा नेपाल महिला सँघ क्षेत्रीय सभापती एवम कार्यक्रमका सभापती लिलमाया पुनले बोल्दै सिँहको २६ औँ स्मृर्ति दिवश तथा हिन्दु नारीहरुको महान चाड हरितालीका तीज नजिकिँदै गर्दा आफुहरुले औपचारीक कार्यक्रम सम्पन्न गरीएको बताईन । नेपाल महिला सँघ केन्द्रिय प्रतिनिधी दिलमाया पौवीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply