Sorry, that menu does not exist.
 

तीज पर्वलाई संस्कृति जोगाउने पर्वको रुपमा मनाउन जोड !
सौन्दर्यकर्मी र लायन्स क्लबको संयुक्त दरखाने कार्यक्रम सम्पन्न !

कोपिला कँडेल, बागलुङ २०७६ भदौ ११ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर सौन्दर्य कला ब्यवसायी समिति बागलुङ र लायन्स क्लव अफ बागलुङ पिस टाउनले संयुक्त रुपमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रमको उद्घाटन सौन्दर्य कला व्यवसायी सघंका केन्द्रिय सदस्य राधा मल्लले गरेकी थिईन् ।

सो अवसरमा बोल्दै मल्लले सौन्दर्य व्यवसायीहरु कला र सिप मार्फत सशक्त बनेको बताईन् । व्यवसाय मार्फत समाजमा बेग्लै पहिचान बनाउन सफल भएको भन्दै मल्लले महिला सशक्तिकरणका लागि सिप कला र क्षमतानै महत्वपुर्ण रहेकोमा जोड दिईन् । उनले कला संस्कृतिको जगेर्नाका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने पनि बताईन् ।

सो अवसरमा बोल्ने सहभागीले तीज पर्वलाई संस्कृति जोगाउने पर्वको रुपमा मनाउनु पर्ने भन्दै चाडपर्वका नाममा हुनेखालका सबै खाले बिकृति बिसंगतिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासघं बागलुङ शाखाकी सल्लाहकार कोपिला कंडेल, उद्योण बाणिज्य सघं बागलुङकी सह कोषाध्यक्ष सीता साप्कोटा र कला सौन्दर्य ब्यवसायी सघं बागलुङ्गका उपाध्यक्ष सपना श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम कला सौन्दर्य ब्याव्सायी सघंका अध्यक्ष सनिसा काउचा र लायन्स क्लब अफ बागलुङ्ग पिस टाउनकी अध्यक्ष मिना जिसी कंडेलको संयुक्त अध्यक्षता र लायन्स क्लब अफ बागलुङ पिस टाउनका उपाध्यक्ष राममायां घिमिरेको स्वागत मन्तब्य र सौन्दर्यकला व्यावसायी सघंका सहसचिव ललिता पुनको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply