कोपिला कंडेल बागलुङ २०७६ भदौ १२ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर अ.ने.म सघं बागलुङ र अ.ने. म सघं क्रान्तिकारी बागलङुले संयुक्त रुपमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै ने.क.पा का केन्द्रिय सदस्य एबं गण्डकी प्रदेश सचिव गोबिन्द नेपालीले राज्यका सबै अंङ्गमा महिलाको समानुपातिक प्रतिनिधित्व कायम गर्नका लागि महिला सचेत र सशक्त हुनुपर्ने बताए । उनले महिला लगायत सम्पुर्ण उत्पीडित क्षेत्र र वर्गको हितको लागि ने.क.पा नेतृत्वको सरकारले सकरात्मक कार्यक्रम अगाडी सारेको भन्दै ने.क.पा नेता नेपालीले महिला मुक्ति आन्दोलनमा सबै भन्दा बढि योगदान कम्युनिष्ट पार्टीले गरेको दाबी समेत गरे ।
सो अवसरमा ने.क.पा केन्द्रिय सदस्य एबं बागलुङ जिल्ला ईन्चार्ज बलावती शर्मा ने.क.पा जिल्ला पार्टी अध्यक्ष एबं गण्डकी प्रदेशमा सांसद ईन्द्रलाल सापकोटा, अ.ने म सघं केन्द्रिय सचिव भविकला रोका, अ.ने.म सघं केन्द्रिय सदस्य एबं अधिवक्ता ममता देबी शर्मा र पत्रकार महासघं बागलुङ शाखाका सल्लाहकार कोपिला कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टले दुव्र्यसनी बिरुद्ध आमाहरु बिषयमा सहजिकरण गर्र्दै समाजलाई दुव्र्यसनी मुक्त बनाउनका लागि सबै सरोकारवाला एक हुनुपर्ने बताए । पछिल्लो समय जिल्लामा लागु पदार्थ सेवन गर्नेको संख्यामा बृद्धि हुदै गएको चर्चा गर्दै प्रहरी प्रमुख भट्टले दुव्र्यसनीको रोकथाम र नियन्त्रणका लागि समुदायमा प्रहरी साझेदारी कार्यक्रमलाई सबैले साथ दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कलाकार दिपेन थापाले तीजी गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रम ने.क.पा बागलुङ्ग जिल्ला अध्यक्ष एबं प्रदेश सांसद साबित्री रानाको अध्यक्षता अ.ने. म सघं क्रान्तिकारीका केन्द्रिय सदस्य टीका विश्वकर्माको स्वागत मन्तब्य र केन्द्रिय सदस्य कुशुम बुढाको संचालनमा सम्पन्न भएको थियो ।