Sorry, that menu does not exist.
 

सिँहदरबारको भ्रष्टाचार गाउँगाउँमा पुगेको छ, चारैतिर भ्रष्टाचार मौलाई रहेछ : काँग्रेस नेतृ डा. संग्रौला

किरण आचार्य, बागलुङ २०७६ भदौ १३ । नेपाली काँग्रेसकी नेतृ तथा सांसद डा डिला संग्रौलाले नेपाल प्रेस युनियन बागलुङले शुक्रबार विहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सिँहदरवारको अधिकार गाउँगाउँमा आएको भनी प्रचार प्रसार गरिएतापनि देशमा सुशासान नभएको चारैतिर भ्रष्टाचार मौलाई रहेको बताईन् ।

अहिले मुलुकमा भ्रष्टाचार मौलाएको छ, सिँहदरबारको भ्रष्टाचार गाउँगाउँमा पुगेको छ उनले भनिन् प्रधानमन्त्रीले भ्रष्टाचारमा शुन्य सहनशीलता भनेपनि देशमा व्यापक भ्रष्टाचार भैरहेको छ ।

अहिले ३३ केजी सुन पित्तल परिणत भएको प्रशंग कोट्टाउदै डा संग्रौलाले वाइडबडी हवाई जहाज बुढी गण्डकी मेलम्ची आयोजनामा समेत भ्रष्टाचार भएको आरोप लगाईन् ।

काँग्रेस नेतृ डा संग्रौलाले मन्त्री परिषदको बैठक भएको हो र होईन भन्ने बिबाद बाहिर आउनु राम्रो संकेत नभएको बताउदै मन्त्री परिषदको एनजीओ वा कुनै व्यापारिक संस्थाको बैठक नभएको उनले प्रष्ट पारिन् । एकातिर उपप्रधानमन्त्रीलाई अधिकार दिएर सिँगापुर जाने अर्कोतिर विश्वास नगर्ने काम भएको छ नेतृ संग्रौलाले भनिन् भिडियो कन्फ्रेन्स मार्फत मन्त्री परिषदको बैठक भएको हो र होईन भनी बिबाद हुनु राम्रो होईन ।

आस्थाको आधारमा पत्रकार हटाउने काम भएको टिप्पणी गर्दै डा संग्रौलाले हिजो निर्वाचन हारेका कार्यकर्तालाई धमाधम सरकारी नियुक्ति दिने काम गरिरहेको आरोप लगाईन् ।

नेपाल प्रेस युनियनका अध्यक्ष प्रदीप पन्तको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष संगम घर्ती तथा संचालन सचिव नारायण रिजालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply