Sorry, that menu does not exist.
 

तमान लाम्मेलाका पहिरो पीडितलाई प्रभु बैङक द्वारा ३ लाख रुपैयाँ सहयोग !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ भदौ १३ । तमानखोला गाउँपालिका बडा नं ४ लाम्मेलाका पहिरो पीडितलाई प्रभु बैङक लिमिटेडव्दारा बिहिबार ३ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ ।

गत साउन १९ गतेका दिन अविरल बर्षा पश्चात आएको पहिरोमा परि एकै घरमा दुई जना सहित ३ जनाको मृत्यु ७ जना घाईते र ५ घर पहिरोले पुर्ण क्षेति पुर्याएको थियो ।
यस्तो अवस्थामा नेपाली काँग्रेसका युवा नेता जित शेरचन लगाएतको पहलमा प्रभु बैँकको तर्फदेखि ३ लाख, तथा जित शेरचन र अर्जुन शेरचनको तर्फबाट १५ हजार गरी कुल ३ लाख १५ हजार पिडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

तमानखोला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष उदिम बहादुर छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा तमानखोला गाउँपालिकाका उपाध्यक्ष मानसरी शेरचनको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै शेरचनले बिपदमा परेकालाई सहयोग गर्नु सबैको दायित्व भएको र यसै कुरालाई सर्मथन गर्दै प्रभु बैङ्कले पनि सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरिन ।
कार्यक्रमका बिशिष्ठ अतिथीको रुपमा रहेका नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जित शेरचनले पीडित परिवार प्रति दुख व्यक्त गदै उपलब्ध गराएको रकमले सबै खुसी हुन नसकेता पनि घाउ लागेको ठाँउमा मलहम लगाएर दुखाई कम गर्न सकिने बताए ।

बर्षातको समय सुरुहुदै गर्दा प्रत्यक बर्ष यस्ता बिपदको घटनाहरु बारम्बार हनेगरेको र यस्लाई राज्य पक्षबाटनै व्यवस्थापन गर्न नसक्नु दुखदायी कुरा भएको र अब यसलाई व्यवस्थापन गरेर अगाडी बढ्पर्ने बताए । अवको दिनमा सरकारले प्राबिधिकको माध्यमबाट उपयुक्त स्थान छनौट गरी बस्ती राख्न उनले आग्रह गरे ।

कार्यक्रममा प्रभु बैक लि बुर्तिबाङ शाखा प्रवन्धक खिम के.सी, तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतम, प्रभु बैङ्क तमानखोला शाखाका शाखा प्रबन्धक शिब के सी, तमानखोला गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष गिर बहादुर घर्ती महिला अगुवा लिलमाया पुन युवा समाजसेवी खगेन्द्रमान पुन, सरस्वती आधारभुत बिद्यालयका प्रधानध्यापक कम बहादुर छन्त्याल ,स्थानीय बासी लगाएतको उपस्थिति हरेको थियो ।

मृतक व्यक्तिको परिवारलाई प्रति व्यक्ति रु ४० हजार, गम्भिर घाईतेलाई रु २५ हजार, सामान्य घाईतेलाई १५ हजार, गोठ तथा चर्पीमा क्षति भएकालाई ८ हजार, चर्पीमा क्षति भएकालाई ४ हजार, घर पुर्ण ध्वस्त भएकोलाई १८ हजार रकम उपलब्ध गराइएको थियो ।

त्यस्तै सोहि कार्यक्रमा लाम्मेलाबासी पोखराबाट पनि २७ हजार ७ सय २० रुपयाँ रकम हस्तान्तरण गरिएको थियो ।

स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी श्रीपाली, देवेन्द श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय छोरा प्रवीण श्रीपालीको मृत्यु भएको थियो । करिव १ सय ५० मिटरमाथिबाट खसेको पहिरोले पाँच घरमा पुर्ण रुपमा क्षति पु¥याएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments

Leave a Reply