रनिश रानामगर, बागलुङ २०७६ भदौ १४ । खेलकुदको विकास कला संस्कृतिको संरक्षण सम्बर्धन आन्तरिक प्रर्यटन युवा सशक्तीकरण मार्फत सामाजिक रुपान्तरण भन्ने मुल उद्घोषका साथ तीज मेला २०७६ सुरु भएको छ। बिगत दुई दशक देखि हरितालिका तीजको अवसरमा जनसेवा युवा क्लब पाला धिमीले विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको छ। यस बर्ष पनि विविध सांस्कृतिक, खेलकुद तथा ज्ञानबर्धक कार्यक्रम अन्तर्गत शुक्रबार तीज उत्सब २०७६को कार्यक्रम अन्तर्गत पहिलो दिन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो। उक्त कार्यक्रममा काठेखोला गाउपालिका र बागलुङ नगरपालिका अन्तर्गतका ८ बिद्यालयको सहभागिता रहेको थियो। जस्मा भिमसेन मावि विहु प्रथम, तितौरे मावि तितौरे व्दितिय र लेखानी मावि लेखानी तृतिय र धिमी करिना माविले सान्त्वना स्थान प्राप्त गरेका थिए। साथै विजेताहरुले क्रमशः ५, ३, २ र १ हाजार नगद सहित प्रमाण पत्र मेडल र ट्रफी प्राप्त गरेका छन।
कार्यक्रमका प्रमुख अतिथी काठेखोला गापा वडा नम्बर १ का वडा अध्यक्ष खडक थापाले गाउँघरमा हुने मेला कार्यक्रमले खेलकुदको विकास र कला संस्कृतिको संरक्षण सम्बर्धन सगै विद्यालय सग सम्बन्धित ज्ञानवर्धक कार्यक्रम गर्दा शैक्षिक स्तर सगै विद्यालयमा शैक्षिक विकास हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए थिए । प्रतियोगिताको सौजन्य जनसेवा सामुदायिक अध्ययन केन्द्र पालाले गरेको थियो। तीज उत्सब अन्तर्गतको दोश्रो दिन आज शनिवार प्राविस्तरिय हाजिरीजवाफ प्रतियोगिता र पुरुष भलिवल प्रतियोगिताको उद्घाटन खेल खेलाइने क्लवका अध्यक्ष मनिराज रोकाले बताए ।
कार्यक्रमलाई थप आकर्षण बनाउन राष्ट्रिय स्तरका कलाकार अनुपा थापा, राजेश बर्देवा सिता श्रेष्ठ र मगर चलचित्र माअभिनय गरेका तथा मोडलिङ, तथा मगर भाषा लगायत अन्य म्युजिक भिडियोमा अभिनय गरि चर्चा कमाउन सफल लोकप्रिय डान्सर सविता राना मगर लगायत उदाउदा हस्तिहरुको सागीतिक कार्यक्रम रहेको अध्यक्ष रोकाले जानकारी गराएका छन।
कार्यक्रमको अध्यक्षता कार्यक्रमका संयोजक रन बहादुर थापाले गरेका थिए भने स्वागत दिल राना र सञ्चालन गणेश नेपालीले गरेका थिए ।