Sorry, that menu does not exist.
 

ताराखोला-२ अर्गलको भातखाने डाँडामा ५ सय क्षमताको बहुउद्देश्यीय सभाहलको शिलान्याश !

बागलुङ तराखोला २०७६ भदौ १४ । ताराखोला गाउपालिका-२ अर्गलको भातखाने डाँडामा ५ सय क्षमताको निर्माणाधीन बहुउद्देश्यीय सभाहलको शिलान्याश कार्य सम्पन्न भएको छ । शिलान्यास कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री तथा ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले संयुक्तरुपमा शिलान्याश गरिएको सो बहुउद्देश्यीय सभाहलको कुल लागत भ्याट सहित रु २ करोड ६२ लाख ७४ हजार २ सय ३४ रहेको छ भने कुल लागतको ६० प्रतिशत प्रदेश सरकारबाट र स्थानीय गाउपालिकाबाट ४० प्रतिशत व्यहोरिने छ ।

बहुउद्देश्यीय सभाहलको निर्माणको ठेक्का जुम्ली कर्णदेवी कन्स्ट्रक्सन कम्पनिले लिएको छ भने आगामी २०७७ साल असार महिनाको २५ गते भित्र सभाहल निर्माण गरिसक्नु पर्ने छ ।

ताराखोला गाउपालिका अध्यक्ष घर्तीमगरको अध्यक्षतामा सम्पन्न शिलान्याश कार्यक्रममा प्रुमुख अतिथी प्रजिअ क्षेत्री, ताराखोला गाउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन, शहरी विकास तथा भवन डिभिजनका ईन्जिनियर तेजिन्द्र पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा निर्माण कम्पनिका प्रोपराईटर ओमप्रकाश घर्तीले तोकिएको समय सीमा भित्र सभाहल निर्माण गरी सक्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराई, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्त समेतको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य वडा नं २ का अध्यक्ष भद्रबहादुर घर्ती र सन्चालन जीतबहादुर सुनारले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply