Sorry, that menu does not exist.
 

जिल्ला प्रशासन कार्यालय तथा ताराखोला गाउपालिका वीच समन्वय बैठक सम्पन्न !

बागलुङ तराखोला २०७६ भदौ १४ । ताराखोला गाउपालिका ३ अर्गलको भातखाने डाँडामा शनिवार जिल्ला प्रशासन कार्यालय बागलुङ तथा ताराखोला गाउपालिकका पदाधिकारी बीच समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्याल बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षतामा बसेको समन्वय बैठकमा ताराखोला गाउपालिकाका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

सो समन्वय बैठकमा स्थानीय शान्ति सुरक्षा, विपद व्यवस्थापन, लागुऔषध नियन्त्रण आदि विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए ।

समन्वय बैठकमा विपद व्यवस्थापन एवं सुत्केरी महिलाहरुको उद्धार समेतको प्रयोजनका लागी ताराखोला गाउपालिकाका प्रत्यक वडामा हेलिप्याड निर्माण गर्ने आदि विषयमा छलफल भएको थियो । छलफलमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईको समुपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply