Sorry, that menu does not exist.
 

समाजसेवी शाक्यव्दारा स्वर्गीय हजूर बुबा र बुबाको स्मृतिमा मानवसेवा आश्रममा रु २ लाखको अक्षयकोष स्थापना

कोपिला कँडेल, बागलुङ २०७६ भदौ १४ । बागलुङ बजार टक्सार निवासी समाजसेवी एवं पुराना कलाकार कृष्णलाल शाक्यव्दारा आफ्ना स्वर्गीय हजुर बुबा जनकलाल शाक्य र स्वर्गीय बुबा रामलाल शाक्यको स्मृतिमा मानव सेवा आश्रम बागलुङमा रु २ लाखको अक्षयकोष स्थापना गरेका छन् ।

मानव सेवामा आश्रित मानवहरुको सेवाका लागि सो कोषको स्थापना गरिएको कोषका संस्थापक समाजसेवी शाक्यले जानकारी दिए । पछिल्लो समय आफ्ना मातापिता प्रति सन्तानहरुले असल भुमिका निर्वाह गर्न नसकेको भन्दै कोषका संस्थापक शाक्यले, थोरै भएपनि हिँसां पीडित मानवलाई सहयोग गर्ने भावनाका साथ कोष स्थापना गरेको बताए ।

कार्यक्रममा रु २ लाखको चेक मानवसेवा आश्रम बागलुङकी संचालिका सुमिरा लामालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा समाजसेवी देब बहादुर श्रेष्ठ र नेपाल भाषा मंका खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले हिँसां पीडित मानवको सेवा गर्नु सबै भन्दा ठुलो धर्म भएको भन्दै शाक्य परिवारले गरेको योगदान सदैव स्मरणयोग्य भएको बताए ।

आश्रमकी संचालिका सुमिरा लामाले ससानो सहयोगले पनि आश्रममा आश्रीत मानवको दैनिक जीवन यापनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताईन् । कार्यक्रमको संचालन सोमना शाक्यले गरेकी थिईन् ।

यो पनि पढौँ:
बागलुङका दुई साँस्कतिक धरोहर सम्मानित : ‘केराको पातमा बालेको बत्ती हजूरको नामैमा …

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply