बुर्तिबाङ, २०७६ भदौ १४ । बुर्तिबाङमा सञ्चालित आन्तरिक राजश्व कार्यालयको ३ दिने कर सम्बन्धी शिविर शनिवार सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजना, उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङको समन्वय तथा ढोरपाटन नगरपालिकाको आर्थिक सहयोगमा शविर सञ्चालन भएको हो ।
गत भदौ ११ गतेबाट सञ्चालित शिविरमा २ सय ३८ जनाले व्यवसायीक प्यान लिएका छन् । ३ सय ४५ जनाले व्यक्तिगत प्यान तथा ३ सय २ जनाले आर्थिक वर्ष २०७५÷०७६को आयकर बुझाएको, आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत हेमराज सुवेदीले जानाकारी दिए ।
यस्तै १ जनाले आफ्नो व्यवसायलाई भ्याटमा दर्ता गराएका छन् भने, करिव ५ सय भन्दा बढी व्यक्तिगत प्यान लिनेहरुको फाईल बागलुङ स्थित कार्यालयमै लगिएको छ । ‘शिविरबाट सबै जनाको व्यक्तिगत प्यान दर्ता गर्न सम्भव नभएपछि कार्यालयमा लैजानु परेको भन्दै’ प्रमुख कर अधिकृत सुवेदीले, ‘एक हप्तामा सबैको प्यान दर्ता गरि उद्योग वाणिज्य संघको कार्यालयमा पठाउने र त्यहीबाट सबैले आ आफ्नो नामको प्यान लिन समेत आग्रह गरे ।
‘पश्चिम क्षेत्रका जनतालाई राहत होस् भन्ने उद्देश्यले राजश्व कार्यालयमा उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङका तर्फबाट गरिएको अनुरोध, यहाँको आवश्यकता भएको महसुस गरी शिविरको आयोजना गर्न सम्भव भएको सुवेदीको भनाई थियो । आगामी दिनमा पनि संघसँग समन्वय गरि कार्यक्रमहरु सञ्चालन गर्न आफ्नो कार्यालय तयार रहेको उनले प्रतिवद्धता जनाए ।’
शिविर समापन पछि, आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि एवं ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले, ‘बागलुङ पश्चिममा कर संकलन, प्यान दर्ता र आयकर बुझ्ने गरि कर कार्यालयको भिन्नै शाखा स्थापना गर्न आवश्यक रहेको बताए ।
यो काममा आन्तरिक राजश्व कार्यालय बागलुङको समेत सकरात्मस सहयोग आवश्यक रहेको बताउँदै, नगर प्रमुख नेपालीले, ‘आफ्नो पालिकाले पनि यो विषयमा पहल थाल्ने बताए ।’ उनले, उद्योग वाणिज्य संघका पदाधिकारी, कर कार्यालयका कर्मचारी र अन्य सहयोगीहरुको रचनात्मक सक्रियताले शिविर सफल रुपमा सम्पन्न भएको बताउँदै, यहाँका जनताको सहयोगका लागि शिविर सञ्चालनमा लागेको खर्च नगरपालिकाले व्यहोर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रम्ख कर अधिकृत हेमराज सुवेदी, कर अधिकृत बुद्धि प्रसाद अर्याल, नासु शालिकराम सापकोटा, जय किशोर शाह, सुपर भाईजर गोविन्द शर्मा र सवारी चालक सम्भु अधिकारीलाई संघको तर्फबाट मायाँको चिनो, खादा र अविर लगाएर सम्मान गरिएको थियो ।
संघका उपाध्यक्ष निमलाल पाण्डेको अध्यक्षताm सल्लाहकार ढालेन्द्र छन्त्यालको स्वागत मन्तव्य र महासचिव राम सुवेदीको सञ्चालनमा शिविर समापन कार्यक्रम सम्पन्न भएको थियो ।