Sorry, that menu does not exist.
 

प्रवास : बेल्जियमबाट एनआरएन केन्द्रमा उम्मेदवारीको लर्को, गौतमले युरोप सँयोजकमा उम्मेदवारी दिने !

दिपेन्द्र केसी, बेल्जियम २०७६ भदौ १४ । गैर आवासीय नेपाली सँघ बेल्जियमको अधिवेशन सँगै नयाँ कार्यसमिति सर्वसम्मत भएपछि आगामी अक्टोवरमा काठमाडौंमा हुने बिश्व सम्मेलनमा केन्द्रीय नेतृत्वतर्फ बेल्जियम एनआरएनहरुको ध्यान केन्द्रित हुन थालेको छ ।

यसै क्रममा बेल्जियम एनआरएनमा २००६ देखि विभिन्न जिम्मेवारीमा रहदै एनआरएन बेल्जियमकै २०१५-१७ कार्यसमितिका अध्यक्ष समेत रहिसकेका गँगाधर गौतमले युरोप सँयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपालमा नेपाल विद्यार्थी सँघको वागलुड. जिल्ला अध्यक्ष हुदै स्ववियू सभापति र स्ववियू काउन्सिलमा समेत प्रतिनिधित्व गरेका गौतम बेल्जियममा पनि काँग्रेस भातृ सँगठन जनसम्पर्क समिति बेल्जियमको सँस्थापक हुदै अध्यक्ष र यूरोपको महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन ।

गौतमको सामाजिक अभियानमा निःस्वार्थ अहोरात्र खटन, बेल्जियमका नेपालीवीच सुखदुःखको सहयात्री, अनुभव, जिम्मेवारी बहन, सक्रियता र कार्यकुशलता तथा बेल्जियम समाजलाई एकीकृत गर्न पछिल्लो अधिवेशनमा निवर्तमान अध्यक्ष, विधान र निर्वाचन समितिको सँयोजकका रुपमा सर्वसम्मत नतिजा निकाल्न खेलेको भूमिका र लचकताले उनी निर्वाचित हुने आधारहरु सिर्जना भएका छन् । ”पदमा हुदा देखिने अघिपछि हराउने” व्यक्ति भन्दा समाजका लागि सदैव उपलव्ध व्यक्ति भन्दै यूरोपभरिका एनआरएनवीच चर्चा हुनुले उनलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।

लगभग २० वर्षको यूरोप वसाईमा व्यक्तिगत भन्दा सामाजिक स्वार्थ, गैर आवासीय अभियानमा निरन्तरता, यूरोपका अधिकाँश राष्ट्रका एनआरएन अभियन्ता तथा प्रतिनिधिहरुको विश्वास, हौसला र उम्मेदवारीको समर्थन आफनो जीतको आधार बताउदै आफू निर्वाचित हुने बिश्वास प्रकट गरेका छन् ।

स्मरण रहोस, आगामी विश्व सम्मेलनमा बेल्जियमबाटै उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष, यूरोप सँयोजकमा समेत विभिन्न व्यक्तिहरुबाट उम्मेदवारी घोषणा हुनुलाई एनआरएन अभियानमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply