Sorry, that menu does not exist.
 

राजमो निकट अखिल नेपाल शिक्षक संघको ढोरपाटन नगर भेला सम्पन्न :अध्यक्षमा पुन चयन !

बुर्तिवाङ २०७६ भदौ १५ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संघको ढोरपाटन नगरपालिको स्तरीय नगर भेला शनिवार बुर्तिबाङमा सम्पन्न भएको छ । उक्त भेलाले टीका बहादुर पुनलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ भने पुनको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल शिक्षक संघ ढोरपाटन नगर समिति गठन गरिएको छ ।

भेलाबाट समितिको उपाध्यक्षमा नन्दराम गौतम, सचिवमा लोक बहादुर सुनार, कोषध्यक्षमा प्रियासी पुन मगर, सह सचिवमा धन बहादुर महत र सदस्यहरुमा क्रमशः ईश्वरी शर्मा, पदम बहादुर छन्त्याल, केशव सापकोटा, धनवीर भण्डारी, अन बहादुर छन्त्याल, श्याम कुमार वि.क., जुनिला घर्ती र कोपिला बुढा चयन भएका छन् । त्यसैगरी उक्त भेलाले चक बहादुर अदैको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

उक्त भेलामा अखिल नेपाल शिक्षक संघ बागलुङका उपाध्यक्ष दुर्गा बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । भेलाको उद्घाटनपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले अहिले देशको शिक्षा नीति र शैक्षिक अवस्था कमजोर बन्दै गएका कारण देशको शिक्षा क्षेत्र समस्यै समस्यामा जगडिएको बताए । उनले शिक्षकका पेशगत हक अधिकारको रक्षा गर्न र गुणस्तरीय, व्यवहारिक एवं वैज्ञानिक शिक्षा प्राप्तिका लागि शैक्षिक आन्दोलनमा सम्पूर्ण देशभक्त प्रगतिशील शिक्षकहरु एक हुन आग्रह गरे ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवं राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सल्लाहकार गौरीश्वर पाण्डेले कार्यक्रममा बोल्दै संघीयताका कारण देश अहिले गम्भीर मोडमा पुगेको र केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचार, महंगी, कालाबजारी, सामाजिक विकृकित र विसङ्गतिहरु बढ्दै गएकाले सचेत बौद्धिक वर्ग शिक्षकहरु एकजुट भएर अघि बढ्न आवश्यक रहेको बताए । कार्यक्रमका अर्का विशिष्ट अतिथि अखिल नेपाल शिक्षक संघ बागलुङका सदस्य बेद बहादुर बुढाले कार्यक्रममा बोल्दै शैक्षिक क्षेत्रको परिवर्तनको लागि शिक्षकहरुको उल्लेखनीय भूमिका रहेकाले सम्पूर्ण शिक्षकहरु एक भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा ढोरपाटन नगरपालिका भित्रका सबै वडाहरुबाट राष्ट्रिय जनमोर्चा निकट शिक्षकहरुको उपस्थिति रहेको थियो ।

अखिल नेपाल शिक्षक संघ ढोरपाटन नगर समितिका अध्यक्ष टीका बहादुर पुनको अध्यक्षता र पदम छन्त्यालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन नन्दराम गौतमले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

10 Comments

Leave a Reply