बागलुङ २०७६ भदौ १५ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले ताराखोला गाउपालिका ३ साविक हिल गाविसको घुस्मेलीमा रहेको ईलाका प्रहरी कार्यालयको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा प्रजिअ क्षेत्रीले गाउपालिका संग समन्वय गरी त्यस क्षेत्र क्षेत्रको शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागु औषध दुव्र्यसन ओसार पसार नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । सो अवसरमा जिप्रका बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द घट्टराई तथा जिल्ला प्रशासनका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तको उपस्थिति रहेको थियो ।
ईलाका प्रहरी कार्यालय निरीक्षणमा पुग्दा प्रजिअ क्षेत्री तथा प्रनाउ भट्टराईको ईप्रकाका प्रमुख प्रनानि सानुकाजी विष्टले स्वागत गरेका थिए । ईलाका प्रहरी कार्यालय घुस्मेलीको कार्य क्षेत्र ताराखोला गाउपालिका रहेको छ । २३ जना दरवन्दी रहेको सो कार्यालयको आफ्नै स्वामित्वमा रहेको ७ रोपनी जग्गामा कार्यालय सन्चालनमा रहेको छ ।