बागलुङ, २०७६ भदौ १५ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका परिवारको सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत रकम प्रदान गरेको छ ।
बागलुङ नगरपालिका वडानं. २ निवासी संस्थाका शेयर सदस्य राम शर्माकी आमा तथा शेयर सदस्य पूर्णकला शर्माकी सासुआमा हेमकुमारी शर्माको निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै मृत्यु राहत रकम हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष हुमाकुमारी जिसी अञ्जु, उपाध्यक्ष अनन्तबहादुर खड्का, सचिव ललिता थापा लगायतले मृतकका छोरी मन्दिरा शर्मालाई रकम हस्तान्तरण गरेकी थिईन ।
संस्थाले प्रत्येक सदस्यका तर्फबाट परिवारका सदस्यको निधनमा ५ हजार तथा सदस्यको नै निधन भएमा १५ हजार रुपैया प्रदान गर्दै आइरहेको छ । श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक कमल लामिछानेले गरेका थिए ।