गल्कोट- ९ बाँसखोला स्थित भैरव माध्यमिक विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता !
मित्रलाल खरेल, गल्कोट २०७६ भदौ १६ । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले गल्कोट हटियामा आयोजित नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी कार्यकर्ता भेटघाट तथा प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै पार्टी कार्यकर्ताहरुले अहिलेको अवस्थामा आर्थिक पक्षसंग जोडिनु पर्ने सल्लाह दिदै कार्यकर्ताहरु कुनै न कुनै उद्यमशीलतामा जोडिनु पर्ने बताईन् ।
उनले सरकार र पार्टीवीच नङ मासुको सम्वन्ध हुनु पर्ने बताउदै पार्टी कार्यकर्ताहरुलाई हरेक विपिन्न गरीव जनताहरुको दुख सुखसंग हातेमालो गर्न निर्देशन दिएकी थिईन् ।
कार्यक्रम नगर कमिटी अध्यक्ष ललित श्रीसको अध्यक्षता, कौशिला घर्तीको स्वागत मन्तव्य र पार्टी सचिव डम्मर श्रीसको सन्चालनमा सम्पन्न भएको थियो ।
यसैवीच बुर्तिवाङ देखी फर्किने क्रममा प्रदेशमन्त्री पुनले गल्कोट नगरपालिका ९ बाँसखोला स्थित भैरब माध्यमिक विद्यालयको निरीक्षण गरेकी छिन् । निरीक्षणका अवसरमा प्रदेश मन्त्री पुनले विद्यालयको भौतिक निर्माणका लागी प्रदेश सरकाबाट सक्दो सहयोग गर्ने बताएकी थिईन् ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतम, प्रधानाध्यापक चक्रवर्ति शर्मा लगायतले विद्यालय भवनलाई बाढी पहिरोले पुराएको क्षेतीको विवरण प्रस्तुत गर्दै प्रदेशमन्त्री पुन समक्ष माग पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गल्कोट नगरपालिका ९ का वडाध्यक्ष तेजबहादुर थापा, समाजसेवी हरिराम गौतम, ढोरपाटन नगरपालिकका नगरप्रमुख देवकुमार नेपालीको लगायतको उपस्थिति रहेको थियो ।