Sorry, that menu does not exist.
 

छिस युवा परिवारको तीजी कार्यक्रम सम्पन्न : संस्कृति संरक्षणमा युवाहरुको भूमिका महत्वपूर्ण -उपप्रमुख काउचा

मित्रलाल खरेल, गल्कोट २०७६ भदौ १६ । नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीजको अवसरमा गल्कोट नगरपालिका ९ छिसमा छिस युवा परिवारव्दारा आयोजित तीजी कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी एवं गल्कोट नगरपालिकाकी उप नगरप्रमुख रेणुका काउचा मगरले हाम्रो संस्कृतिको संरक्षणमा युवाहरु भूमिका महत्वपूर्ण हुर्ने बताएकी छन् ।

उनले संस्कृति जोगाउन महिलाहरुले आफुलाई आफैले अवमुल्यन गर्न नहुने सल्लाह दिँदै महिलाहरुमा सक्रियता सशक्तिकरणका लागी आफ्नै गाउँ ठाउँबाट उठन र जुटन आग्रह गरिन् ।

छिस युवा परिवारले खुला मौलिक तीजगीत तथा नृत्य प्रतियोगिता खुला तीज गीत तथा नृत्य प्रतियोगिता, खुला तीजगीत रेकर्ड डान्स, महिला घैँटा फोर प्रतियोगिता आदिको आयोजना गरेको थियो ।

छिस युवा परिवारका उपाध्यक्ष बिदुर खरेलको स्वागत मन्तव्य रहेको तीजी कार्यक्रममा लक्ष्मी नारायण प्राबिका प्रधानाध्यापक, शिक्षिक कविता सुवेदी, विष्णु प्राविका प्रधानाध्यापक प्रेमसागर सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद सापकोटा, नगरकार्यपालिका सदस्य रत्न अधिकारी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा कलाकार रुपलाल लामागाडे र निशा श्रीसको सांगीतिक प्रस्तुति रहेको थियो । कार्यक्रमको अध्यक्षता युवा परिवारका अध्यक्ष माधव सापकोटा तथा सन्चालन परिवारका सदस्य कमल खरेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply