Sorry, that menu does not exist.
 

कुँडुलेमा सुरुङ भित्र शालिग्राम संग्राहलय : आन्तरिक एवं बाह्य पर्यटकहरुका लागी आकर्षण केन्द्र !

रामप्रसाद घिमिरे, बागलुङ २०७६ भदौ १७ । बागलुङ नगरपालिका ४ कुँडुलेमा सुरुङभित्र शालिग्राम संग्राहलयको निर्माण द्रुत गतिमा भैरहेको छ । निकट भविष्यमा दामोदर कुण्ड देखी मुक्तिनाथ, कालीगण्डी हुँदै त्रिवेणी सम्मका सबै धार्मिक एवं साँस्कृतिक महत्व झल्काउने आकर्षक एवं ज्ञानबर्धक पर्यटकीय स्थलको (कालीगण्डकी सभ्यता)रुपमा विकास भैरहेको यस स्थलमा हाल निर्माण कार्य जारी रहेको छ ।

कुँडुले स्थित मुक्तिनाथ बेद विद्याश्रमकै नजिक निर्माण भएको रंगबंकटेश्वर मुक्तिनारायण मन्दिरले प्रज्वलित बनेको कुँडुले ग्रामले विकासको काँचुली फेरेकोमा स्थानीयबासी हर्षानुभूति गरिरहेका छन् । यस स्थलमा निर्माणाधीन भौतिक संरचनाहरुको निर्माणपछी यसले धार्मिक एवं साँस्कृतिक पर्यटकीय आकर्षण केन्द्रको रुपलिने स्थानीयले विश्वास गरेका छन् ।

निर्माण भै रहेको यस सुरुङ्गको लम्वाई एकसय आठ मिटर रहेको छ भने यसको एघार फिट उचाई र एघार फिटनै चौडाई रहेको छ । त्रिशुल आकारमा निर्माण भैरहेको यस सुरुंगमा एकलाख शालिग्राम शिला संग्रहित गरिने बताईएको छ । यसको निर्माणमा अनुमानित रु ६ करोडको लागत लाग्ने विद्याश्रमका अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिए । ऋषि प्रपन्नचार्यकै अगुवाईमा विभिन्न धार्मिक संरचनाहरुपनि निर्माण भैरहेका छन् ।

स्थानीय समाजसेवी सहदेव राजभण्डारी तथा आनन्द राजभण्डारीले करीब एक करोड रुपयाँको लागतमा सभाहल एवं गरुडशिला समेत निर्माण गरिदिएको पनि अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए ।

ऋषि प्रपन्नाचार्यले तिरुपति बालाजीधाममा स्वामी श्रीधराचार्य शालग्राम संग्रहालय निर्माणाधीन अवस्थामा रहँदा दिनहुँ सयौँ श्रद्धालुहरु अवलोकनका लागी आउने गरेको बताउदै निर्माण सम्पन्न भएपछि हजारौँ आन्तरिक एवं बाह्य पर्यटकहरु आउने विश्वास समेत व्यक्त गरे ।

प्रस्तुत छ, बिद्याश्रमका अध्यक्ष ऋषि प्रपन्नाचार्य तथा सहयोगदाता आनन्द राजभण्डारीसंग सहकर्मी रामप्रसाद घिमिरेले गरेको कुराकानी ।

यो पनि पढौं

कुराकानी : कस्तो बन्दैछ, तिरुपति बालाजी धाममा शालग्राम संग्रहालय ? के भन्छन, ऋषि प्रपन्नाचार्य ?

कुँडुलेमा निर्माणाधीन स्वामी श्रीधराचार्य शालग्राम संग्रहालयको निर्माण द्रुत गतिमा !

आजको तस्वीर : कुँडुलेमा मुलुककै पहिलो शालिग्राम संग्रहालय !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply