राम सुवेदी, बुर्तिवाङ २०७६ भदौ १७ । आगामी मंसिर मंसिर १४ गते नेपाल सरकारले उप निर्वाचनको घोषणा गरेको छ । बागलुङ क्षेत्र नं. २ को प्रदेश ‘ख’ मा यस क्षेत्रबाट निर्वाचित साँसद टेकबहादुर घर्ती मगरको मृत्युपछि उपनिर्वाचन हुनेभएको छ ।
४ महिना पछि हुने उपनिर्वाचनका विषयमा नेताहरुले आ आफ्ना धारणा राख्न सुरु गरेका छन् । यसै सन्दर्भमा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले, प्रदेश निर्वाचनमा फेरीपनि बामपार्टीहरु एक भएर जाने बताए । निसीखोला गाउँपालिकाको वडा नं.४ स्थित बृहस्पति युवा क्लवको पाँचौं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन मन्तव्यका क्रममा नेपालीले यस्तो बताएका हुन् । हिँजो बाम पार्टीहरु एक नहँुदा जनमत बामहरुको हुँदा पनि काँग्रेसले जित्ने गरेको स्मरण गराउँदै, गत निर्वाचनबाट एक ठाउँमा भएका बामहरु अझैपनि एक हुने नगर प्रमुख नेपालीको भनाई थियो । बाम एकताको विकल्प छैन, यहाँको नेकपा र राष्ट्रिय जनमोर्चाबीच छलफल गरि उपयुक्त उमेदवार चयन गर्ने नेपालीको दावी थियो । कम्युनिष्टहरु फुटाएर राज गर्न पाईन्छ कि भन्दै कतिपयले चुनावी मसला बाँड्न थालेको भन्दै नगर प्रमुख नेपालीले, अव कम्युनिष्टहरु कुनैपनि हालतमा विभाजन हुँदैनन् जस्तो सुकै परिवेशमा पनि तालमेलका साथ एकतावद्ध भएर चुनावमा आउँने बताए ।
क्लवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपालीले क्लवलाई २ लाख १ हजार रुपैयाँ अक्षयकोष र क्लवको भवन बनाउन प्रदेश सभाबाट १० लाख विनियोजन गराउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जुन विक्रम शाही र वडा नं. ४ का वडा अध्यक्ष टीकानिधि पौडेलले समेत शुभकामना मन्तव्य दिएका थिए ।
क्लवका अध्यक्ष भूमिराज आचार्यको अध्यक्षता र मिलन हमालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । क्लवले आयोजना गरेको प्रतियोगीतात्मक कार्यक्रमहरु जारी रहेको क्लवले जनाएको छ ।
15 Comments