Sorry, that menu does not exist.
 

बडीगाड- ३ सिसाखानीमा तीजगीत प्रतियोगिता सम्पन्न !
गीतबाटै सुख दु:ख साटासाट गर्ने तीजमा अश्लील गीतले प्रवेश पाएकोमा महिलाहरु चिन्तित !

सुरेश छन्त्याल, सिसाखानी बडीगाड २०७६ भदौ १८ । बगलुङको बडीगाड गाउपालिका ३ सिसाखानीमा रहेको रिभर साईड युवा क्लब किटेनीको आयोजनामा खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । क्लबका अध्यक्ष थमबहादुर भुजेलको सभापतित्वमा पन्चकोशी आमा समुहकी संस्थापक अध्यक्ष छमाया श्रीसको प्रमुख आथित्यतामा खुल्ला तीजगीत प्रतियोगिता किटेनी प्राविमा सम्पन्न भएको छ ।

जसमा प्रथम जनजागृति मावि काडेवास, दोस्रो बसन्त युवा परिवार मनेवा रिघा, तेस्रो देविस्थान क्लब गोठ्लाङ रिघा, सान्त्वना उकाली आमा समुह त्यस्तै महिला कुर्ची दौडमा प्रथम सिसाखानीका विजया पटेल र दोश्रा,े जनजागृति मावि काडेवास भएका छन् ।

स्थानीय महिला नेतृत्व ज्योति घर्तीले प्राचीन युगबाटै हिन्दु महिलाहरुले मान्दै आएको चाड बास्तबमा माइती घर छोडेर गएको चेली छोरीहरु माईती आएर चेलीको सुख दुख गीतैबाट साटासाट गर्ने प्रचलन रहेको बताईन ।

त्यस्तै महिला समाजसेवी जुनकुमारी श्रीसले पनि आजभोली तीजमा धेरै विकृती आएको हुदा पहिला दुख सुख साटासाट गरिन्थ्यो भने अहिले अश्लील गीतहरु गाउने गर्दा हाम्रा परम्परागत सँस्कार मेटिन लागेकाले यस तीज गीत र तीज कार्यक्रम प्रति हामी महिला दिदीबहिनीहरु दुख प्रकट गर्छौँ भनिन् । रत्ना घर्तीको स्वागत मन्तव्य संगै कार्यक्रमको संचालन हिरा श्रीसले गरेकी थिईन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply