रामप्रसाद घिमिरे, बागलुङ २०७६ भदौ १७ । म्याग्दी जिल्लाको बेनी नगरपालिका १ रत्नेचौरमा सन्चालित खुलकुद कार्यक्रममा बागलुङका युवाहरुबीच सांघातिक ग्याङफाईट भएको छ । सो ग्याङफाईटमा बागलुङ नगरपालिकाका ८ जना युवाहरु घाईतेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी श्रोतका अनुसार हिँजो तीजको दिन बेनी नगरपालिका १ रत्नेचौरमा रत्नेचौर युवा क्लबले सन्चालन गरेको खेलकुद कार्यक्रममा बागलुङ नगरपालिका २ रुद्रेपिपल स्थित रुदे्रपिपल क्लब र पर्वत जिल्लाको पंगाली युवा क्लवबीच फुटबल खेल (प्रतियोगिता) सम्पन्न भैसकेपछी खेलमैदान बाहिर निस्कने बेला युवाहरुबीच हुटिङको विषयलाई लिएर बिबाद हुँदा झगडा (ग्याङफाईट) भएको थियो ।
सो झगडामा ८ जना युवाहरु घाईते भएका र निजहरुलाई धौलागिरी अस्पतालमा उपचारर्थ ल्याईएकोमा पाँच जनालाई थप उपचारका लागी पोखरा स्थित मणिपाल अस्पताल रिफर गरिएको अस्पताल श्रोतले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार ग्याङफाईटमा संलग्न रहेका बागलुङ नगरपालिका ९ तित्याङका २१ वर्षिय सागर जीसी, टाउकोमा चोट, बागलुङ नगरपालिका ३ गुठीका वर्ष २८ का गोविन्द थापा (बायाँ हातमा चोट), ऐ बस्ने वर्ष २२ को अक्षय कार्की काउकोमा चोट, ऐ बस्ने वर्ष १९ को दीपु थापा, हातमा चोट, ऐ श्रीनगरटोल बस्ने वर्ष २३ को रविन थापा दुबै हात काटेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर उपचारार्थ अस्पताल ल्याएको थियो । निजहरु पाँच जनालाई उपचारार्थ पोखरा मणिपाल रिफर गरिएको छ ।
अन्य तीन जना बागलुङ नगरपालिका १ रामरेखाका २३ वर्षिय प्रमल राना, टाउकोमा काटेको, ऐ बस्ने वर्ष २५ को दिपेन गर्बुजा (खुट्टामा चोट) र ऐ वडा नं २ बस्ने वर्ष २५को प्रदिप श्रीसलाई आवश्यक कार्बाहीका लागी जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाईएको प्रहरीले जानकारी दिएको छ ।