Sorry, that menu does not exist.
 

बागलुङमा राष्ट्रिय परिचयपत्र सम्वन्धी अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न !

बागलुङ २०७६ भदौ १९ । जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षता, जिल्ला समन्वय समितिका नि प्रमुख विष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यता तथा जिल्लाका नगर एवं गाउँपालिका प्रमुख उपप्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधीहरु, सरकारी कार्यालय प्रमुखहरु विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधीहरु, पत्रकार समेतको समुपस्थितिमा राष्ट्रिय परिचयपत्र सम्वन्धी अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

मुलुकका सबै जिल्लाका नागरिकहरुलाई यथाशीघ्र राष्ट्रिय परिचयपत्र उपलव्ध गराउने उद्देश्यले सन्चालित अन्तरक्रियात्मक अभिमुखी कार्यक्रम बागलुङमा जिल्ला प्रशासन कार्यालयको समन्वय र सहजीकरणमा सम्पन्न भएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका निर्देशक चोनेन्द्र न्यौपानेले राष्ट्रिय परिचय पत्र सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने सहभागीहरको जिज्ञासाको उत्तर दिएका थिए ।
अन्तरक्रियामा जिल्लाका सबै नगर प्रमुख, उपप्रमुख, गाउपालिकाका अध्यक्ष उपाध्यक्षहरुलाई आमन्त्रण गरिएपनि गल्कोट र जैमिनी नगरपालिकाका प्रमुखहरु, बागलुङ नगरपालिकाका उपप्रमुख, काठेखोला गाउँपालिकका अध्यक्ष, ताराखोलाका अध्यक्ष एवं उपाध्यक्ष, बडीगाडका अध्यक्ष, तमान खोला र निसीखोलाका उपाध्यक्षहरु सहभागिता रहेको थियो ।

कार्यक्रमको सन्चालन राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका शिव कुमार बस्नेतले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !