Sorry, that menu does not exist.
 

सनातन बैदिक हिन्दु धर्म माथि आक्रमण हुन थाल्यो भने हतियार उठाउन पछि नपर्ने स्वामी सरस्वतीको चेतावनी !

कोपीला कंडेल बागलुङ २०७६ भदौ १९ । श्री राधाकृष्ण मन्दिर सेवा समिति बागलुङको छैठो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन नयां नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

राधाकृष्ण मन्दिर सेवा समितिका प्रधान संरक्षक एवं श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले अधिवेशनको उद्घाटन गर्दै हाम्रो धर्म संस्कृति माथि प्रहार भए अब चुप लागेर नबस्ने बताए ।
हाम्रो धर्म संस्कृति परम्पराको संरक्षण गर्नु हामी सबैको दायित्व हो स्वामी सरस्वतीले भने, सनातन बैदिक हिन्दु धर्म माथि आक्रमण हुन थाल्यो भने हतियार समेत उठाउन पछि नपर्ने चेतावनी दिए । धर्म संस्कृति देवालय शिवालय नभएको ठाउंमा बस्न नहुने शास्त्रमा उल्लेख छ, ज्ञानानन्द सरस्वतीले भने सबैको न्याय हित र धर्म संस्कृतिको रक्षाको लागि शंख घण्ट समाउने हातले लाठी समाउने छौ । उनले धर्म र संस्कृतिको माध्यमबाट समाजिक बिकास शान्ति र शुसाशन कायम गर्न सकिनेमा जोड दिए ।

साधारणसभामा राधाकृष्ण मन्दिर सेवा समितिका सचिव हरिप्रसाद शर्माले मन्दिर सेवा समितिले एक बर्ष भित्र गरेको विभिन्न गतिविधिको प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले समाजमा उल्लेख्य योगदान पुर्याएको भन्दै टीकाराम सापकोटा र हरिमाया श्रेष्ठलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित ब्यक्तित्व टिकाराम साप्कोटा श्री सत्य साई केन्द्रका अध्यक्ष मनमाया श्रेष्ठ केशव वझा र कालीका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष राजु खड्का लगायतले हिन्दू धर्मावलम्बी बिच समन्वय र एकता गरेर जान नसक्दा हिन्दु धर्म माथि प्रहार हुदै गएकोले रोक्न जरुरी रहेको बताएका थिए ।

अधिशेसनले रमेश कुमार राजभण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयां कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा लालचन्द्र राजभण्डारी सचिव हरी प्रसाद उपाध्याय सह सचिव करुणा प्रसाद श्रेष्ठ र कोषाध्यक्षमा ईन्द्रा श्रेष्ठ रहनु भएको छ । त्यसैगरी समितिका सदस्य हरुमा मनमोहन श्रेष्ठ हरिमायां श्रेष्ठ ईन्द्र कुमारी श्रेष्ठ ईन्द्र श्रेष्ठ राजकुमारी श्रेष्ठ आनन्द बिकास श्रेष्ठ बिदुर प्रसाद शर्मा केशव प्रसाद वझा निर्माण कुमार श्रेष्ठ बासु र शर्मिला जोसी रहेका छन् । त्यसैगरी समितिका सल्लाहकारहरमा टिकाराम साप्कोटा कृष्णलाल राजभण्डारी विश्वनाथ रेग्मी देब बहादुर श्रेष्ठ श्याम श्रेष्ठ र मंगला मलेपति चयन भएको निर्वाचन समितिका संयोजक निरञ्जनलाल राजभण्डारीले जानकारी दिए । कार्यक्रम राधाकृष्ण सेवा समितिका अध्यक्ष रमेश कुमार राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष लालचन्द्र राजभण्डारीको स्वागत मन्तब्य र सचिव हरि प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment