[sc_embed_player fileurl=”https://www.ebaglung.com/wp-content/uploads/2019/09/My-Recording_2.mp4″]
महेन्द्र केसी, पर्वत २०७६ भदौ २० । नेपाल सरकारले देशभर डेंगुको प्रकोप बढेपछि निशुल्क स्वास्थ्य उपचार र परीक्षणको घोषणा गरेपनि पर्वत जिल्ला अस्पतालमा भने शुल्क निर्धारण गरिएको छ ।
जिल्ला अस्पताल पर्वतमा डेंगु रोग परीक्षण गरेको ५ सय शुल्क निर्धारण गरिएको छ । अन्य जिल्लाहरुमा डेंगुको प्रयोग देखिएसँगै उच्च जोखिममा रहेको भन्दै डेंगु परीक्षण संचालन गरिएपनि सर्वसाधरणलाई भने राज्यले दिएको सुविधाबाट नै बञ्चित हुने गरी शुल्क तोकिएको हो । छिमेकी जिल्ला बागलुङ लगायत अन्य जिल्लाहरुमा डेंगुको निशुल्क परीक्षण भैरहेको अवस्थामा पर्वतमा जिल्ला अस्पतालले रु ५ सय शुल्क लिनु अव्यवहारिक मात्र नभएर दण्डनीय कार्य भएको स्थानीयको आरोप छ ।
यसैवीच पर्वतमा दुई जना डेंगुका विरामी फेला परेका छन् । पर्वत स्थायी ठेगना भएका तर जिल्ला बाहिर रहेका अन्य ११ जनालाई डेंगुको लक्षण देखा परेको श्रोतले बतायो । ।
डेंगुका विरामी फेला परेपछि जिल्लाको कुश्मा, डिमुवा, वारीबेनी बजारलाई उच्च जोखिमयुक्त क्षेत्रको रुपमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
यस बाहेक हुवासबजार र बिहादी गाउँपालिकामा पनि डेंगुको जोखिम देखिएकोले उच्च सर्तकता अपनाउन थालिएको कार्यालयले जनाएको छ ।
छिमेकी जिल्ला बागलुङ र म्याग्दीमा डेंगुका विरामी फेला परेसँगै पर्वतमा पनि उच्च सतर्कता अपनाईको हो । जिल्ला प्रशासना कार्यालयको पहलमा डेंगु रोगबारे सचेतना अभियान पनि जिल्लामा शुरु गरिएको छ ।
2 Comments